सोमबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले संघीय संसद्को आगामी फागुन १५ गतेसम्मको क्यालेन्डर स्वीकृत गरेको छ।
सोमबार दिउँसो डेढ बजे संसद् भवन नयाँबानेश्वरमा बसेको दलका प्रमुख सचेतक र सचेतकहरूसहितको बैठकले उक्त क्यालेन्डर स्वीकृत गरेको हो।
कार्यव्यवस्था परामर्श समितिको बैठकले सोमबारदेखि १५ फागुनसम्म बैठक बस्ने दिन र त्यस दिन संसद्मा छलफल गरिने विषयसहितको क्यालेन्डर स्वीकृत गरेको हो।
अपरान्ह संसद्को हिउँदे अधिवेशन सुरु हुनुअघि सभामुख देवराज घिमिरेले कार्यव्यवस्थाको बैठक राखेका थिए।
30
Shares
प्रतिक्रिया