ad ad

राजनीति


अबदेखि सांसदहरूको हाजिरी हरेक दिन सार्वजनिक गरिने

अबदेखि सांसदहरूको हाजिरी हरेक दिन सार्वजनिक गरिने

फाइल तस्बिर


नेपालखबर
माघ २२, २०८० सोमबार १६:२७, काठमाडौँ

अबदेखि संघीय सांसदहरू हाजिरी हरेक दिन सार्वजनिक गरिने भएको छ।

सोमबार नयाँबानेश्वर बसेको कार्यव्यवस्था परामर्श समिति बैठककले बैठक बसेका बेला सांसदहरूको हाजिरी त्यही दिन सार्वजनिक गर्ने निर्णय लिएको हो।

बैठकका क्रममा सभामखु देवराज घिमिरेले सांसदहरूको हाजिरीलाई लिएर हुने अनावश्यक टिप्पणी रोक्ने उपाय यही भएको बताए।

'हाम्रो उपस्थिति विवरण दैनिक तयार गरेर पारदर्शी रुपमा सार्वजनिक गरौँ', उनले भने, 'माननीयहरूको उपस्थितिका विषयमा हुने टिप्पणी अन्त्य गर्ने सरल बाटो यही हो।'

यससँगै सबै सांसदहरूको विद्युतीय उपस्थिति तथा उपस्थिति विवरण संसद् सचिवालयले वेबसाइटमार्फत सार्वजनिक गर्ने भएको छ।

त्यसैगरी बैठकमा अब यो अधिवेशनभरको कार्यतालिका पनि लागु गरिने भएको छ। बैठकमा उपस्थित कानुन मन्त्री धनराज गुरुङले कार्यतालिका लागु गरिएको बताए। 

'धेरै गृहकार्य गरेर सम्मानीय सभामुख र संसद सचिवालयले कार्यतालिका लागू गर्ने अवस्थामा पुगेका छौँ। बैठक बस्ने दिनबारे हुने द्विविधा अन्त्य गर्न सहयोग पुग्नेछ', उनले भने। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .