ad ad

राजनीति


चारवटा संसदीय समितिका बैठक आज, यी हुन् एजेन्डा

चारवटा संसदीय समितिका बैठक आज, यी हुन् एजेन्डा

फाइल तस्बिर


नेपालखबर
माघ १५, २०८० सोमबार ८:१५, काठमाडौँ

संघीय संसद, प्रतिनिधि सभा अन्तर्गतका चारवटा विषयगत समितिका बैठक आज बस्दै छन्।

राष्ट्रिय सरकोकार तथा समन्वय समिति, कानून, न्याय तथा मानव अधिकार समिति, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति र कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिका बैठक आज (सोमबार बस्न लागेका हुन्। 

बिहान साढे ११ बजे सिंहदरबारमा बस्ने राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा नेपालको जनसंख्याको हालको अवस्था अनुसार जनसंख्या नीतिमा गर्नुपर्ने पुनराबलोकन र सरकारको तयारीका सम्बन्धमा छलफल हुने संसद सचिवालयले जनाएको छ। 

त्यसैगरी बिहान ८ बजे संघीय संसद सचिवालय सिंहदरबारमा बस्ने कानून, न्याय तथा मानव अधिकार समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा छलफल हुने कार्यसूची छ। बिहान ११ : ३० बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सार्वजनिक सेवा प्रशारण विधेयकको सम्बन्धमा छलफल हुने कार्यसूची छ। 

त्यसैगरी बिहान ११ बजे सिंहदरबारमा बस्ने कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा खाद्य स्वच्छता तथा गुणस्तर विधेयकमा संशोधन राख्ने संशोधनकर्ता सांसदसँग छलफल हुने कार्यसूची छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .