राजनीति


कांग्रेसको अभियान माघ १३ देखि सुरु हुँदै, केन्द्रदेखि वडासम्मका नेता परिचालन

कांग्रेसको अभियान माघ १३ देखि सुरु हुँदै, केन्द्रदेखि वडासम्मका नेता परिचालन

फाइल तस्बिर


नेपालखबर
माघ ९, २०८० मंगलबार १७:४९, काठमाडौँ

प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले पहिलो चरणमा १३ दिन ‘समुदायमा कांग्रेस’ अभियान  सञ्चालन गर्ने भएको छ।

यस अभियानका क्रममा शीर्ष तहदेखि वडा तहसम्मलाई एक साथ परिचालन गर्ने योजना कांग्रेसले बनाएको छ।

कांग्रेसले यो अभियानका लागि पार्टी सभापति शेरबहादुर देउवा, महामन्त्रीद्वय र उपसभापतिद्वयसहित सबै नेतालाई परिचालन गर्न लागेको हो।

यस अभियानअन्तर्गतको पहिलो दिन आफू झापाको भद्रपुर नगरपालिका-५ मेचीपुल भन्सारमा पुग्ने महामन्त्री गगनकुमार थापाले बताएका छन्। 

यसअघि कांग्रेसले यो अभियान १६ पुसदेखि १६ माघसम्म वडा तहसम्म चलाउने जनाएको थियो। तर पार्टीको महासमिति बैठक फागुनमा सरेसँगै यो अभियान पनि एक महिना धकेलिएको हो। 

अभियानका लागि ७७ वटै जिल्लामा प्रतिनिधि खटिँदैछन्। गत साउनमा बसेको केन्द्रीय समिति बैठकले भदौ १० देखि २४ सम्म ‘समुदायमा कांग्रेस’ अभियान गर्ने निर्णय गरेको थियो। तर पटक पटक स्थगित भइरहेको अवस्थामा यस पटक चाहिँ कांग्रेस नेताहरू गाउँ पस्ने पक्का भएको हो। 

महामन्त्री थापाले संगठनका काम र समुदायसँग जोडिने काम यो अभियानका क्रममा एकसाथ हुने बताए।

थापाका अनुसार यो अभियानमा केन्द्रीय कार्यसमितिका पदाधिकारीसहित सबै नेता, प्रदेश कार्यसमिति, जिल्ला कार्यसमितिदेखि वडा कार्यसमितिलाईसमेत एकसाथ परिचालित गरिँदैछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .