ad ad

राजनीति


निगमलाई दक्षिणा बाँडेर राख्न हुँदैन, नयाँ ढंगले पुनःसंरचना गर्नुपर्छ: मन्त्री सुदन किराँती

निगमलाई दक्षिणा बाँडेर राख्न हुँदैन, नयाँ ढंगले पुनःसंरचना गर्नुपर्छ: मन्त्री सुदन किराँती

नेपालखबर
माघ ९, २०८० मंगलबार ११:४६, काठमाडौँ

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले नेपाल वायु सेवा निगमलाई नयाँ ढंगले पुनःसंरचना गर्न आवश्यक रहेको बताएका छन्।

आज बिहान प्रतिनिधि सभाको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा मन्त्री किराँतीले वर्तमान अवस्थामा निगम अगाडि बढ्न नसक्ने बताए।   

‘अब हामी यो निगमलाई यस्तै स्थितिमा राखिरहने अवस्थामा छैन। यो निगमलाई दक्षिणा बाँडेर राख्न हुँदैन भन्ने मेरो निष्कर्ष छ’, मन्त्री किराँतीले भने, ‘बिग्रेको राजनीति र भाँडिएको राजनीतिको मारमा निगम छ। नयाँ ढंगले पुनःसंरचना गर्नुछ।’ 

यस क्रममा मन्त्री किराँतीले निगमले पछिल्लो समय ५ करोड ऋण तिरेको जानकारी दिँदै भने, ‘यो त देखिएको आशाका किरण मात्रै हो। ऐनहरूमा हामीले धेरै ध्यान दिनुपर्नेछ।’

उनले थपे, ‘आफू मालिक नहुने अरूबाट प्रभावित हुने प्रवृत्ति छ। यसलाई सुधार्न मैले बिहान–बेलुकै निर्देशन दिएको छु।’

करार व्यवस्थापनका लागि क्याबिनेटमा प्रस्ताव लगेको ४ दिन भइसकेको जानकारी पनि उनले दिए। 

उनले भने, ‘यो चाँडै स्वीकृत हुन्छ। करार व्यवस्थापनमा राम्रै देखिएको अनुभव छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .