ad ad

राजनीति


सरकार तरकारी बारीको बुख्याचा जस्तै, केही काम गर्न सक्दैन : केपी ओली

सरकार तरकारी बारीको बुख्याचा जस्तै, केही काम गर्न सक्दैन : केपी ओली

तस्बिर : नेपालखबर


नेपालखबर
माघ ४, २०८० बिहिबार १६:२८, काठमाडौँ

नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको गठबन्धन सरकारलाई बुख्याचाको संज्ञा दिएका छन्। 

पार्टीनिकट जनसंगठन नेपाल खेलकुद महासंघको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो संज्ञा दिएका हुन्।

अध्यक्ष ओलीले सरकार बुख्याचा भएकाले केही गर्न नसक्ने बताए। उनले एमालेविरोधीहरू एक्लै भिड्न नसक्ने अवस्थाममा पुगेको पनि बताए।

‘हामी मिसन ८४ मा छौँ। हाम्रा विरोधीहरू एक्लै लड्छौं भन्ने आँट नै गर्दैनन, हामीमात्रै हौं एक्लै लड्छौं भन्ने। हामी लड्यौं तर उनीहरूले स-साना अंक जोडेर सरकार बनाएका छन,’ ओलीले भने, ‘त्यो सरकार तरकारी बारीको बुख्याचाजस्तो छ। केही गर्ने होइन। अहिले त त्यसका टाउकामा सुँगा पनि बस्छ, काग पनि। सबैले चिनिसके यो बुख्याचा हो केही गर्न सक्दैन भन्ने। बुख्याचा मात्रै होइन, निकम्मा पनि छ।’

अध्यक्ष ओलीले सरकार भ्रष्टाचार, तस्करी, कममिसनखोरीको संरक्षक बनेको तथ्य पनि राखे। उनले विरोधीहरूले जुनसुकै बेलामा प्रहार गर्नसक्ने भएकाले त्यसविरुद्ध आन्दोलनमा उत्रिन पनि निर्देशन दिए।

‘यस्तै अवस्था रहिरहे हामीले मिसन ०८४ भनेर पर्खिन नसक्ने स्थिति आउनसक्छ। देश बर्बाद हुन लाग्यो भने कहाँ ८४ को चुनाव भनेर पर्खेर बसेर हुन्छ?,’ ओलीले भने, ‘उस्तै परे हामीले गठबन्धन भत्काएर जानुपर्छ। लोभीपापीहरू नभत्किन सक्छन्। यिनीहरूको घाँटी जोडिएको छ। त्यसैले हामी जनताको बलमा आन्दोलनमा उत्रिनुपर्ने आवश्यक छ। त्यसअघि हामीले आफूलाई संगठित गर्नुपर्छ।’

उनले एमालेमाथि प्रहार गर्नसक्ने अवस्था भएकाले आफूहरू निर्णायक लडाइँमा रहेको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .