ad ad

राजनीति


आरक्षपीडितका समस्या समाधानका लागि सरकारले काम गरिरहेको छ : मन्त्री साउद

आरक्षपीडितका समस्या समाधानका लागि सरकारले काम गरिरहेको छ : मन्त्री साउद

नेपालखबर
पुस २५, २०८० बुधबार १९:३७, काठमाडौँ

परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले कञ्चनपुरका आरक्षपीडितका लागि सरकारले काम गरिरहेको बताएका छन्।

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पर्ने झलारीमा बुधवार आयोजित नेपाल दलित संघको अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन्।

परराष्ट्रमन्त्री साउदले डुबानको समस्या समाधानका लागि आफूले अर्बौंको परियोजनाबाट दीर्घकालिन रुपमा नदी नियन्त्रणका लागि काम गरिरहेको पनि बताए।

नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका मन्त्री साउदले आफ्नो पार्टी दैनिक जनताको सेवामा हिँडिरहेको बताए।

‘अन्य पार्टीहरुले मिसन ८४ भनिरेहका छन्, कांग्रेस पार्टीमात्रै मिसन ८०, ८१ बनाएर दैनिक जनताको सेवामा हिँडिरहेको छ’ उनले भने।

साउदले दलित समुदायलाई संविधानले संरक्षण गरेको दाबीसमेत गरे। उनले दलित समुदाय देशभर छरिएर रहेकाले वर्गीय प्रतिनिधित्व कम भएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .