राजनीति


मानसिक स्वास्थ्य सेवालाई विस्तार गर्दैछौँ : प्रधानमन्त्री प्रचण्ड

मानसिक स्वास्थ्य सेवालाई विस्तार गर्दैछौँ : प्रधानमन्त्री प्रचण्ड

नेपालखबर
असोज २३, २०८० मंगलबार १४:४७, काठमाडौँ

प्रधानमन्त्री पुुष्पकमल दाहालले मानसिक स्वास्थ्य प्रवर्द्धन कार्यलाई प्राथमिकता दिन आवश्यक रहेको बताएका छन्।

विश्व मानसिक स्वास्थ्य दिवस २०२३ को सन्दर्भमा मंगलवार काठमाडौंमा आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले परिवार, समुदाय, विद्यालय तथा कार्यस्थलमा मानसिक स्वास्थ्य प्रवद्र्धन गर्ने वातावरण सिर्जना गर्नु अहिलेको आवश्यकता रहेको बताएका हुन्।

उहाँले वैदेशिक रोजगारीमा रहेका नागरिकहरूलाई उनीहरूको कार्यस्थलमा आधारभुत अधिकार सुनिश्चित गरी सुस्वास्थ्य कायम गर्न अन्य देशहरूसँग समन्वय गर्नुपर्ने बताए। सबै नागरिकको मानसिक सुस्वास्थ्यका लागि मानसिक स्वास्थ्यको सेवालाई बिस्तार गर्न प्राथमिक स्वास्थ्य सेवासँगै एकीकृत गर्दै लैजान पहलकदमी अगाडि बढाइएको बताए।

मानसिक स्वास्थ्यसँग जोडिएका अज्ञानता, अन्धविश्वास, कुरितिलाई न्युनिकरण गर्न थप प्रभावकारी पहल अगाडि बढाउनुपर्ने बताए।

उहाँले समावेशी र समानुभुतिपूर्ण समाज निर्माण गर्न, मानसिक रोगीका विरूद्ध भइरहेका लाञ्छना र भेदभावलाई सम्बोधन गर्नुपर्ने, सबैलाई मर्यादित र सम्मानकासाथ व्यवहार गर्ने वातावरण निर्माण गर्नुपर्नेमा जोड दिए।

प्रधानमन्त्री दाहालले भने, ‘स्वस्थ जीवनशैलीका लागि स्वस्थ आहार, पर्याप्त आराम र निन्द्रा, नियमित व्यायाम गरौँ। मद्यपान वा सुर्तीजन्य पदार्थको सेवन नगरौँ। दुःखमा साथी, सहकर्मी, आफन्तको सहयोग लिउँ र सहयोग गरौँ। तनाव र समस्यामा परेकाको कुरा सुनौँ र मद्दत गरौँ। यदी मानसिक स्वास्थ्यमा केही समस्या देखिएमा स्वास्थ्यकर्मी वा चिकित्सकको सल्लाह लिन नहिच्किचाउँ। अन्य व्यक्तिलाई उपचार सेवा लिन उत्प्रेरित गरौँ। भेदभावरहित समाज निर्माण गर्न र सबैले आ–आफ्नो ठाउँबाट जिम्मेवारी पूरा गरेमा पनि मानसिक स्वास्थ्यको निम्ति ठूलो लगानी हुनेछ।’

प्रधानमन्त्री दाहालले चिकित्सा शिक्षा ऐन संसोधन लगायतका समस्या स्वास्थ्य मन्त्रालय र शिक्षा मन्त्रालय मिलेर छिटै समाधान गरिने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad