ad ad

राजनीति


शेखरले भने : प्रधानमन्त्री प्रचण्ड सच्चियून्, नत्र छाडेर गए हुन्छ

शेखरले भने : प्रधानमन्त्री प्रचण्ड सच्चियून्, नत्र छाडेर गए हुन्छ

नेपालखबर
असोज १७, २०८० बुधबार १८:४१, काठमाडौँ

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान गठबन्धन सरकार यसै गरी चलिरहे देश झन् झन् कमजोर हुँदै जाने बताएका छन्। 

कपिलवस्तुको तौलिहवामा आयोजित नेपाली कांग्रेस कपिलवस्तुको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधनका क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब देशलाई अघि बढाउन नसक्ने बताएका छन्। 

नेकपा माओवादी केन्द्रका अध्यक्ष दाहाल नेतृत्वको वर्तमान सरकार यसैगरी रहिरहने हो भने मुलुक थप बर्बादीतर्फ जाने बताएका उनले अब कांग्रेसको नेतृत्वमा सरकार आवश्यक रहेको जिकिर गरे।

‘अब अति भयो, जति दिन यो सरकार राख्यो त्यति देशको राष्ट्रियता, सार्वभौमिकता, राजनीतिक र अवस्था कमजोर हुँदै जान्छ। देशलाई अब कांग्रेस नेतृत्वको सरकार अपरिहार्य भइसकेको छ। यो सरकार या त सुध्रिनपुर्यो, या त छाडेर जानुपर्यो अब अर्को विकल्प छैन’, उनले सम्बोधनका क्रममा भने, ‘मुलुकलाई कांग्रेस नेतृत्वको सरकार जरुरी भइसकेको छ। हाम्रै साथीहरु आफ्नो नेतृत्वको सरकार नचाहिए जस्तो गरिरहेका छन्। अब कांग्रेसले कसैको इशारामा हिँडेर हुँदैन। अब यो सरकार सच्चिन तयार नहुने हो भने हामी आफ्नै खुट्टामा उभिएर सरकारको नेतृत्व लिन तयार हुनुपर्छ।’

उनले अहिले देश अत्यन्त संकटपूर्ण अवस्थामा रहेर अराजकताति गइरहेको बताएका उनले आर्थिक संकट र अराजकता एकसाथ निम्तिएको उल्लेख गरेक छन्। देशमा रोजगारीको अवसर पूरै ठप्प भएको बताउँदै कोइरालाले सरकार रोजगारी सिर्जना र भ्रष्टाचार नियन्त्रणमा पूरै बिफल भएको टिप्पणी गरे। 

‘अब अति भयो, धेरै भइसक्यो, राज्यमा पूरै दण्डहीनता छ, सुशासन छैन, भ्रष्टाचार झन् झन् बढेको छ’, उनले भने, ‘अब जति दिन यो सरकारलाई टिकाइराख्यो, त्यति नै राष्ट्रियता, सार्वभौमिकता र राजनीतिक अवस्था झन् झन कमजोर हुँदै जान्छ।’ 

उनले यो सरकारलाई बिदा गर्नै पर्ने आवश्यकता भइसकेको पनि बताएका छन्। कोइरालाले सरकारको हेपाहा र बलमिच्याइँले चर्को महंगीका कारण जनताको चुल्हो बल्न नसक्ने अवस्था आएको बताए। जनतालाई सहुलियत दिनुपर्नेमा चाडपर्वको मुखमा दैनिक उपभोग्य वस्तुको भाउ बढ्नु राम्रो संकेत नभएको उनले बताए। 

कोइरालाले सभापति शेरबहादुर देउवाले विधानसम्मत पार्टी सञ्चालन नगरेकाले कांग्रेस अप्ठ्यारो अवस्थामा पुगेको पनि बताए। देउवाले विधिसम्मत पार्टी सञ्चालन नगर्दा कांग्रेस अप्ठ्यारोमा परेको उनले बताए।

सभापति देउवासँग व्यक्तिगत रुपमा कुनै रिस नभए पनि पार्टी विधि र विधान अनुसार चल्नुपर्ने  कुरामा कसैसँग सम्झौता नगर्ने कोइरालाले बताए। 

‘पार्टी भित्र दूर-दरारका इमान्दार, निष्ठावान र सक्रिय साथीहरूको मूल्यांकन हुन सकेको छैन, त्यसैले कांग्रेसको जग नै कमजोर हुन थालेको छ’, उनले सम्बोधनका क्रममा भने। 

चर्को महंगीले जनताको चुलो नबल्ने अवस्थामा पुगेको उनले बताए। जनतालाई सहुलियत दिनुपर्नेमा चाडपर्वको मुखमा दैनिक उपभोग्य वस्तुहरुको भाउ बढ्नु राम्रो संकेत नभएको कोइरालाले बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .