ad ad

राजनीति


माओवादी सचिव शर्मा भन्छन्– मेरो कार्यकालमा ॐ शब्दबारे कुनै निर्णय भएको छैन

माओवादी सचिव शर्मा भन्छन्– मेरो कार्यकालमा ॐ शब्दबारे कुनै निर्णय भएको छैन

नेपालखबर
असोज १६, २०८० मंगलबार १९:१८, काठमाडौँ

नेकपा माओवादी केन्द्रका सचिव एवं पूर्व शिक्षामन्त्री दीनानाथ शर्माले आफ्नो कार्यकालमा ॐ शब्दबारे कुनै निर्णय नभएको स्पष्ट पारेका छन्। 

मंगलबार एक विज्ञप्ति जारी गर्दै शर्माले आफू शिक्षामन्त्री हुँदा उक्त शब्द शब्दकोशबाट हटाउने निर्णय भएको भनेर प्रचार भइरहेकोमा आपत्ति जनाउँदै सो स्पष्टीकरण दिएका हुन्। 

‘केही दिनयता सामाजिक सञ्जालहरूमा १२ वर्ष पहिले म शिक्षामन्त्री भएको समयमा ॐ शब्द शब्दकोशबाट हटाउने निर्णय गरेको भन्ने कपोलकल्पित, भ्रामक र तथ्यहीन प्रचारबाजीप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ। मेरो कार्यकालमा त्यस प्रकारको कुनै पनि निर्णय भएको थिएन,’ उनले भनेका छन्।

दिककालदेखि प्रचलनमा रहेका श्री, ॐ जस्ता शब्द हटाउने कुरा सोच्न पनि नसकिने र शब्दकोश, किबोर्डबाट अहिलेसम्म कतै नहटेको तथ्य प्रष्ट पार्दै भ्रममा नपर्न पनि उनले आग्रह गरेका छन्।

‘संघीयता विरोधी केही अराजक, अतिवादी समुहले देशको विभिन्न भागमा जाति, भाषा, धर्म संस्कृति जस्ता जनताका अत्यन्तै सम्वेदनशील र भावनात्मक विषयलाई उछालेर जनताको भावना भड्काउँदै व्यक्तिको मानमर्दन गर्ने एवं सामाजिक सद्भाव बिथोल्ने अराजक अतिवादी गतिविधि प्रदर्शन गर्दै आएको कुराप्रति सचेत रहँदै सामाजिक मर्यादा र सद्भाव कायम राख्न पनि अनुरोध गर्दछु,’ उनले भनेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .