ad ad

राजनीति


जुम्लामा माओवादीको संकल्प : अबदेखि जाँड-रक्सी नखाने, जुवातास नखेल्ने

जुम्लामा माओवादीको संकल्प : अबदेखि जाँड-रक्सी नखाने, जुवातास नखेल्ने

माओवादी जुम्लाको पत्रकार भेटघाट कार्यक्रम


नेपालखबर
भदौ १५, २०८० शुक्रबार १२:३७, काठमाडौँ

सत्तारूढ नेकपा माओवादी केन्द्र जुम्लाले आफ्नो सङ्गठनका कुनै पनि सदस्यले जाँड–रक्सी खान नपाउने निर्णय गरेको छ।

केन्द्रीय समितिले तय गरेको तीन महिने पार्टी सुदृढ रूपान्तरण अभियानका क्रममा बिहीबार खलंगामा आयोजित पत्रकार भेटघाटका क्रममा कार्यकर्ताले जाँड–रक्सी नखाने निर्णय गरेको जानकारी जिल्ला अध्यक्ष वीरबहादुर कुवँरले दिए। 

माओवादी पार्टीलाई अनुशासित, मर्यादित, सुशासन र समृद्धिको पहरेदारको रूपमा प्रस्तुत गर्न जाँड–रक्सी, जुवातास, बालविवाह, बहुविवाह, भ्रष्टाचार नगर्न-नगराउन सङ्कल्प प्रस्ताव पारित गरिएको कुँवरले बताएका छन्। 

माओवादीले भदौ १६ देखि मङ्सिर १५ गतेसम्म ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ सञ्चालन गर्ने निर्णय गरेको छ।

तीन महिने अभियानका लागि जिल्ला इन्चार्ज छिमी लामाको नेतृत्वमा कनकासुन्दरी गाउँपालिकामा नवराज न्यौपाने, सिंजा गाउँपालिकामा प्रभात चलाउने, हिमा गाउँपालिकामा गोविन्द तिमिल्सिना, तिला गाउँपालिकामा झक्कुप्रसाद घर्ती, तातोपानी गाउँपालिकामा वीरबहादुर रावत, गुठीचौर गाउँपालिकामा रत्न गाह, पातारासी गाउँपालिकामा डा. कलबहादुर रोकाया र चन्दननाथ नगरपालिकामा बिर्खबहादुर थापा खटाइएको छ।

अभियानको अवधिमा सरकारको जनपक्षीय सुशासन र समृद्धिको कार्यलाई नागरिकको घरदैलोमा पुर्‍याइदिने, अभियानलाई तीन चरणअन्तर्गत पहिलो चरण वडामा, दोस्रो चरण पालिकामा र तेस्रो चरणमा जिल्लास्तरमा गतिविधि केन्द्रित गर्ने निर्णय माओवादीले गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .