ad ad

राजनीति


झलनाथको दाबी- फेरि एसपीपी सम्झौता हुँदैछ, ड्राफ्ट तयार भइसक्यो

झलनाथको दाबी- फेरि एसपीपी सम्झौता हुँदैछ, ड्राफ्ट तयार भइसक्यो

नेपालखबर
भदौ ११, २०८० सोमबार १८:४५, काठमाडौँ

पूर्वप्रधानमन्त्री झलनाथ खनालले अमेरिकी आर्थिक सहयोग परियोजना (एमसीसी) पछि अब फेरि एसपीपी सम्झौताको तयारी भइरहेको बताएका छन्।

सोमवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता खनालले यस्तो बताएका हुन्। 

नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेतासमेत रहेका उनले एसपीपीको सबै ड्राफ्ट तयार भइसकेको र एसपीपी पास भइसकेपछि नेपालका पर्वतमा अमेरिकी सेना नाच्ने दाबी गरे।

‘एकजना जनरलले मलाई के सूचना दिनुभएको छ भने, मैले नाम खुलाउँदिन भनेको छु, उहाँ अहिले भएको होइन, उहाँले के भन्नुभएको छ भने अर्को एसपीपी सम्झौताको सारा तयारी हुँदैछ, त्यसको ड्राफ्ट मैले गरेको हो, त्यसपछि नेपालका पर्वतमा अमेरिकी सेना नाच्न पाउँछ,’ उनले भने।

उनले एमसीसी सम्झौता, इमान्दारितपूर्वक, देशको हीतमा गरिएको थियो, राष्ट्रको हीतमा गरिएको हो भने किन दस्तावेजहरू लुकाएको भन्दै प्रश्न गरे।

‘एमसीसी सम्झौता, इमान्दारितपूर्वक, देशको हीतमा गरिएको थियो, राष्ट्रको हीतमा गरिएको थियो भने दस्ताबेजहरु लुकाउनुपर्ने के जरुरत थियो त्यहाँ?  के कारणले लुकाइयो? दालमा कालो छ भन्नेकुरा त्यहीँबाट थाहा हुन्छ,’ खनालले भने, ‘कार्यदल बनाएर अध्ययन गर्नुपर्छ भनेर मैले र डा. भीम रावलले माग गरेका हौँ। कार्यदल बनाएर अध्ययन गर्दा दिएको प्रतिवेदन एमसीसीभित्र के के समस्या छन् भन्नकुरा स्पष्ट रुपमा राखेका छौँ। नेपाली जनतालाई त्यसपछि थाहा भयो, के के रहेछन्।’

पूर्वप्रधानमन्त्री खनालले देशको राष्ट्रियता बचाउने कुरा केटाकेटीले गुच्चा खेलेको जस्तो नभएको पनि बताए। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .