राजनीति


सरकारको स्पष्टीकरण : नेपालीलाई रसियन सेनामा भर्ना हुने अनुमति छैन

सरकारको स्पष्टीकरण : नेपालीलाई रसियन सेनामा भर्ना हुने अनुमति छैन

नेपालखबर
साउन १६, २०८० मंगलबार १८:३७, काठमाडौँ

सरकारले नेपाली नागरिकलाई द्वन्द्वग्रस्त मुलुकमा भर्ना हुने अनुमति नदिएको स्पष्ट पारेको छ।

परराष्ट्र मन्त्रालयले मंगलबार विज्ञप्ति प्रकाशित गरी ‘केही सामाजिक सञ्जाल र सार्वजनिक सञ्चार माध्यममा नेपाली नागरिकहरु विदेशी सेनामा भर्ना भएका भन्ने समाचारको सम्बन्धमा मन्त्रालयको ध्यानाकर्षण भएको’ जनाएको  छ।

विज्ञप्तिमा भनिएको छ, ‘विदेशी सेनामा नेपाली नागरिकहरू भर्ना सम्बन्धमा परम्परागत रूपमा सम्झौता अन्तरगत केही मित्रराष्ट्रहरूको राष्ट्रिय सेनामा नेपाली नागरिकहरू भर्ना हुँदै आएकोमा बाहेक अन्य विदेशी सेनामा नेपाली नागरिक भर्ना हुन अनुमति दिने सम्बन्धी नेपाल सरकारको नीति नरहेको जानकारी गराइन्छ।’

विज्ञप्तिमा कसैको झुक्यानमा परी वा गलत सूचनाका आधारमा युद्धग्रस्त मुलुकहरूमा सुरक्षा सम्बन्धी काममा नजान पनि मन्त्रालयले सबैमा अनुरोध गरेको छ।

साथै, यस्ता कार्यमा संलग्न हुँदा आइपर्ने जोखिम र उद्दारमा हुने कठिनाइ प्रति सजग रहन समेत सूचित गराइएको छ।

पछिल्लो समय नेपालीहरु द्वन्द्वग्रस्त मुलुक रसिया, युक्रेनलगायतका देशका सेनामा भर्ना हुने गरेका छन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad