राजनीति


एमसीसीको अवस्थाबारे एकीकृत समाजवादीले सरकारसँग जवाफ माग्ने

एमसीसीको अवस्थाबारे एकीकृत समाजवादीले सरकारसँग जवाफ माग्ने

नेपालखबर
साउन १०, २०८० बुधबार १६:५६, काठमाडौँ

सत्तारुढ नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय सचिवालय बैठकले सरकारसँग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्झौता कार्यान्वयन अवस्थाबारे सरकारसँग जानकारी माग्ने निर्णय गरेको छ। 

असार २९/३०, साउन १ देखि ५ गतेसम्म काठमाडौंको चम्पादेवीमा बसेको बैठकले एमसीसी सम्झौतको कार्यान्वयनको जानकारी माग गर्ने निर्णय गरेको हो।

निर्णय सुनाउँदै पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले बैठकले समाजवादी मोर्चा, नेपालको उद्देश्य र कार्यविधिबारे त्यसको घोषणा पत्रमा सबै कुरा स्पष्ट पार्ने, नेपाली समाजको आधारभूत तथा राजनीतिक अन्तरविरोधबारे पार्टीका दृष्टिकोण कार्यकर्तामा लैजाने निर्णय भएको बताए। 
उनले पार्टीको महाधिवेशन र आगामी राष्ट्रिय अभियानबारे छलफल तथा निर्णय गर्न आगामी साउन १६ र १७ गते स्थायी कमिटी, १८,१९ गते पोलिटब्युरो र २०,२१ गते केन्द्रिय कमिटीको बैठक काठमाडौंमा बस्ने निर्णय भएको बताए।

बैठकले कोशी प्रदेशको नामबारे उत्पन्न विवादलाई वार्ताको माध्यमबाट समाधान खोज्न आह्वान गरेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .