नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टीको स्वास्थ्यमा समस्या भएको भभन्दै सर्जरीको आवश्यक्ता रहेको बताएका छन्।
शुक्रबार पार्टी कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकमा बोल्दै उनले बिरामी भएको पार्टीलाई सिटामोलबाट सञ्चो नहुने बताएका हुन्।
‘म कसैको दाईभाई वा अनुयायी नभइ म नेपाली कांग्रेसको समस्या समाधानका लागि आत्ममूल्यांकन जरुरी ठान्दछु,,’ बैठकमा बोल्दै पौडेलले भने, ‘पार्टीको स्वास्थ्यमा समस्या छ, सिटामोलबाट यो समाधान हुने स्थिति छैन। कतिपय अवस्थामा यसको सर्जरीकै आवश्यकता छ।’
कांग्रेस मास बेस पार्टी भएको भन्दै सदस्यता खोजेकाहरूले पाउनुपर्ने बताए। सदस्यता दिनका लागि अप्ठेरा प्रावधानहरू हुन नहुने बताए।
36
Shares

प्रतिक्रिया