ad ad

राजनीति


अर्थतन्त्रको समस्या बजेटले चिनेन : विष्णु पौडेल

अर्थतन्त्रको समस्या बजेटले चिनेन : विष्णु पौडेल

नेपालखबर
जेठ २९, २०८० सोमबार १८:५६, काठमाडौँ

नेकपा (एमाले)का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८०/८१ को बजेट कार्यान्वयन हुन नसक्ने बताएका छन्।

सोमबार संघीय संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उपाध्यक्ष पौडेलले सरकारले ल्याएको आगामी आर्थिक वर्षको बजेट कार्यान्वयन हुन नसक्ने बताएका हुन्।

उनले बजेटले अर्थतन्त्रको समस्या नचिनेको टिप्पणी गरे।

त्यस्तै, देशमा विद्यमान समस्या समाधानका विकल्प र दृष्टिकोणहरु पनि बजेटमा नभएको उनको भनाइ छ। उनले बजेट हावादारी भएको बताए।

‘यसले अर्थतन्त्रका समस्या चिनेको पनि छैन। समस्या समाधानका विकल्पहरु, दृष्टिकोणहरु दिन सकेको पनि छैन। स्रोतको प्रस्ताव, अनुमान र खर्चको अनुमान यथार्थपरक पनि छैन,’ उनले भने, ‘त्यसकारणले यो बजेट कार्यान्वयन हुन्छ कि हुन्न भन्नेकुरामा स्वयं अर्थमन्त्रीजीलाई चिन्ता छैन। सरकारलाई चिन्ता छैन। हामी सबै स्पष्ट छौँ।’

यो कार्यान्वयन हुने बजेट नै नभएको उनले बताए। ‘चुनौतिको प्रश्न नै भएन नि जुन बजेट कार्यान्वयन हुँदैन यो त स्वयं नै हावादारी बजेट छ,,’ उनले भने।

उनले बजेट कार्यान्वयनका लागि अर्थमन्त्री र सरकारलाई समेत चिन्ता नभएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .