ad ad

राजनीति


जलहरी प्रकरण : ओलीमाथि लागेको आरोप रेकर्डबाट हटाएकोमा सांसद खतिवडाको आपत्ति

जलहरी प्रकरण : ओलीमाथि लागेको आरोप रेकर्डबाट हटाएकोमा सांसद खतिवडाको आपत्ति

फाइल तस्बिर


नेपालखबर
जेठ २६, २०८० शुक्रबार १२:५९, काठमाडौँ

गत जेठ १३ गते नेकपा माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले पशुपतिनाथ मन्दिरको जलहरी सुनको भनेर पित्तल लगाएर तत्कालीन प्रधानमन्त्री केपी ओलीको पालामा भ्रष्टाचार भएको प्रसंग उठाएका थिए। सांसद दाहालले बुधबार नीति तथा कार्यक्रममाथिको छलफलमा ओलीको पालामा भ्रष्टाचारका काण्डैकाण्ड भएको भन्दै जलहरी काण्ड पनि उल्लेख गरेका थिए ।

तर एमालेले तथ्यबिनै आरोप लगाएको भन्दै संसद्‌ अवरुद्ध गरेपछि उक्त रेकर्ड संसद्‌बाट हटाइएको थियो। जलहरीका सम्बन्धमा उठेको छलफलको विषयलाई संसद्‌बाट हटाएको भन्दै नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले आपत्ति जनाएका छन्। 

शुक्रबार जारी प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले पशुपतिनाथ मन्दिरको जलहरीमा १० किलो ९७६ ग्राम सुन बेपत्ता भएको विषयमा छानबिन हुनुपर्ने बताए। उनले संसद्‌लाई हल्का रूपमा प्रस्तुत गरिएको बताउँदै संसद्‌मा छलफल हुने विषय रेकर्डबाट हटाउने परम्पराको अन्त्य गर्न पनि माग गरे।

'हामीले संसद्‌लाई अलिकति हल्का रूपमा प्रस्तुत गर्दैछौँ। कसैको सत्ता पाउने/नपाउने आवेग संसद्‌ नबनोस्। संसद्‌मा छलफल हुने विषय रेकर्डबाट हटाउने प्रक्रिया परम्परा अन्त्य होस्। हामी सार्वभौम सत्ता संसद्‌ बनाउन चाहन्छौँ,' उनले भने।

जलहरी निर्माणमा १०७.९२४ ग्राम किलो सुन प्रयोग गर्ने भनिएकोमा ९६ किलो ८०० ग्राम मात्र प्रयोग महालेखा परीक्षकको प्रतिवेदनमा लेखिएको कुरा संसद्‌मा छलफल गर्नका लागि भभएको बताए। 'महालेखाको प्रतिवेदन संसद्‌मा बोल्न दिएको हो, त्यो बोल्दा संसद्को रेकर्डबाट हटाइन्छ भने म त्यसको विपक्षमा छु,' उनले भने।

उनले जलहरीका विषयमा संसद्‌मा छलफल हुनुपर्ने पनि माग गरे।

'यी कुरा उठाउँदा ३ चोटी, ४ चोटी संसद्‌बाट डिलिट हुन्छ भने पनि जनताको मनबाट डिलिट हुन सक्दैन, यो विषय संसद्‌मा छलफल हुनुपर्छ,' उनले भने।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .