ad ad

राजनीति


‘ग्रेटर नेपाल’बारे दीपकको फरक मत, बालेनलाई गरे कटाक्ष

‘ग्रेटर नेपाल’बारे दीपकको फरक मत, बालेनलाई गरे कटाक्ष

फाइल तस्बिर : अभिनेता एवं फिल्म निर्माता दीपकराज गिरी र मेयर बालेन्द्र शाह (बालेन)


नेपालखबर
जेठ २६, २०८० शुक्रबार ९:५९, काठमाडौँ

नेपाली भूमि लुम्बिनी र कपिलवस्तुसमेत समेटेर भारतले  ‘अखण्ड भारत’ नामको नक्सा बनाएपछि नेपालमा त्यसको विरोध भइरहेको छ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले त प्रतिवादस्वरूप आफ्नो कार्यकक्षमा ‘ग्रेटर नेपाल’को नक्सा राखेका छन्। 

जसमा सुगौली सन्धिअघिको पूर्वमा टिस्टा र पश्चिममा काँगडासम्म फैलिएको विशाल नेपाल छ। 

मेयर बालेनले ‘ग्रेटर नेपाल’ नक्सा राख्ने साहस गरेको भन्दै उनको प्रशंसा भइरहेको छ। 

तर अभिनेता एवं फिल्म निर्माता दीपकराज गिरीले यस विषयमा फरक मत राखेका छन्। 

उनले कटाक्ष गर्दै सामाजिक सञ्जालमा लेखेका छन्, ‘अहिलेको सानो नेपाल त  राम्रोसँग चलाउन नसकेर यो गति छ। यति ठूलो भा भए के गर्थे होलान्? भुइँको टिप्न नखोजौँ, भएकोलाई जोगाऔँ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .