पूर्वप्रधानमन्त्री झलनाथ खनालले सर्प पालन प्रकरणमा आफ्नो कुनै अनियमितता भेटे आफू सजाय भोग्न तयार रहेको बताएका छन्।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले अनियमितता गरेको प्रमाणित गर्न चुनौती पनि दिए।
कुनैपनि भ्रष्टाचारका मुद्दामा आफूबाटै अनुसन्धान शुरु गर्न पनि खनालले आग्रह गरे।
बुधबार खनालविरुद्ध राजवादी पक्षधरले आक्रमण प्रयास गर्दै सर्प पालन गर्दा भ्रष्टाचार गरेको भन्दै नारावाजी गरेका थिए।
खनालले त्यसको जवाफमा पूर्वराजालाई गुण्डागर्दी बन्द नगरे देशभरी गतिविधि गर्न नदिने चेतावनी दिएका छन्।
उनले राप्रपाको अध्यक्ष बनेर प्रतिष्पर्धामा आउन पूर्वराजालाई चुनौति पनि दिए।
45
Shares
प्रतिक्रिया