ad ad

राजनीति


रिहा भए रेशम चौधरी

रिहा भए रेशम चौधरी

रिहाइपछि पत्नी रञ्जितासँग रेशम


नेपालखबर
जेठ १५, २०८० सोमबार ७:५२, काठमाडौँ

टीकापुर हत्याकाण्डको आरोपमा जेल परेका नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी रिहा भएका छन्।

टीकापुर हत्याकाण्डमा तीनै अदालतबाट दोषी ठहर भई जेल जीवन बिताइरहेका चौधरीले गणतन्त्र दिवसका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेलबाट आममाफी पाएका हुन्।

उक्त घटनाको आरोपमा पक्राउ परेका रेशमलाई आममाफी दिइएको हो। 

समग्रमा गणतन्त्र दिवसका अवसरमा आज राष्ट्रपति पौडेलले ५०१ जनालाई आममाफी दिएका हुन्।

काठमाडौंमा उनको कुनै औपचारिक र अनौपचारिक कार्यक्रम तय भएको छैन। उनी रिहा भएलगत्तै कार्यकर्ताको स्वागतपछि सोझै गृहजिल्ला कैलालीस्थित टीकापुर जाने कार्यक्रम रहेको उनीनिकट स्रोतले जनाएको छ। 'सुरुमा कैलाली जाने र आमाबाट आशीर्वाद लिन खोज्नुभएको छ,' उनीनिकट स्रोतले बतायो।

०७२ भदौ ७ गते कैलालीको टीकापुरमा थरुहट समर्थक प्रदर्शनकारी र प्रहरीबीच झडप हुँदा तत्कालीन प्रहरी वरिष्ठ उपरीक्षक लक्ष्मण न्यौपानेसहित ८ जनाको मृत्यु भएको थियो। 

रेशमलाई स्वागत गर्दै उन्मुक्तिकी नेता एलिजा गौतम

उक्त घटनापछि रेशम भूमिगत भएका थिए। भूमिगत रहँदै उनले २०७४ को प्रतिनिधिसभा सदस्य निर्वाचन लडेका थिए। प्रतिनिधिसभामा अत्यधिक बहुमतसहित निर्वाचित भएपछि रेशमले २०७४ फागुन १४ गते जिल्ला अदालतमा आत्मसमर्पण गरे। त्यसपछि सांसदको शपथ लिएका उनलाई पुन: कारागारमै लगिएको थियो भने उनलाई सांसदबाट निलम्बन समेत गरिएको थियो।

रेशमलाई जिल्ला अदालत, कैलालीले २०७५ फागुन २२ गते गरेको फैसला उच्च अदालत, दीपायलले २०७७ पुस १९ गते सदर गरी जन्मकैद र ज्यान मार्ने उद्योगमा पाँच वर्ष कैद हुने ठहर गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .