ad ad

राजनीति


साफ च्याम्पियनसिप : नेपाल र भारत एकै समूहमा

साफ च्याम्पियनसिप : नेपाल र भारत एकै समूहमा

नेपालखबर
जेठ ३, २०८० बुधबार १३:३१, काठमाडौँ

भारतमा हुने साफ च्याम्पियनसिपमा नेपाल बलियो टोली भारत र कुवेत रहेको समूहमा परेको छ। 

भारतको नयाँ दिल्लीमा बुधबार भएको समूह चरणको 'ड्र'मा आज नेपाल, भारत, कुवेत र पाकिस्तान रहेको समूह 'ए' मा परेको छ। साफ च्याम्पियनसिपमा भारत साविक विजेता र नेपाल उपविजेता टोली हुन्। 

समूह 'बी' मा लेवनान, मालदिभ्स भुटान र बंगलादेश समूह 'बी'मा छन्। 

दक्षिण एसियाली फुटबलको सबैभन्दा प्रतिष्ठित प्रतियोगिता साफ च्याम्पियनसिप २१ जुनदेखि ४ जुलाईसम्म भारतको बेंगलुरुमा हुँदैछ। 

साफ च्याम्पियनसिपको यो संस्करणमा दक्षिण एसिया बाहिरका एसियाली राष्ट्र कुवेत र लेबनानले पनि सहभागिता जनाउँदैछन्। 

दक्षिण एसियाबाट आयोजक भारतसँगै नेपाल, बंगलादेश, भुटान, पाकिस्तान र मालदिभ्सले प्रतिस्पर्धा गर्दैछन्।

No description available.

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .