ad ad

राजनीति


एमालेले ‘देशैभर छोराछोरी’ र ‘मिसन योङ’ अभियान चलाउने

एमालेले ‘देशैभर छोराछोरी’ र ‘मिसन योङ’ अभियान चलाउने

नेपालखबर
बैशाख ३०, २०८० शनिबार २०:२४, काठमाडौँ

नेकपा एमालेले देशैभर छोराछोरी अभियान चलाउने भएको छ। पार्टीको ३ दिनसम्म चलेको केन्द्रीय कमिटी बैठकले ‘देशैभरी छोराछोरी’ नारा दिएर पार्टी कार्यकर्ताको घरघरबाटै युवा कार्यक्रम सञ्चालन गर्न लागेको हो। 

केन्द्रीय कमिटी बैठकका निर्णय सार्वजनिक गर्दै एमाले प्रचार विभाग उपपप्रमुख विष्णु रिजालले पार्टीको अभियानअन्तर्गत सो कार्यक्रम गर्न लागेको बताए। 

साथै, एमालेले युवाहरुमा पार्टी कामको विस्तार गर्न ‘मिसन योङ’ अभियान सञ्चालन गर्ने बताएको छ। 

पार्टी बैठकबाट पारित भएको समसामयिक प्रस्तावमा दुई महिनासम्म सञ्चालित मिसन ग्रासरूटको अभियानले युवामा आकर्षण बढाएको उल्लेख छ। 

सोही आकर्षणलाई पार्टीमा युवा सहभागिता विस्तार गर्न जरुरी भएको भन्दै एमालेले यी अभियान सञ्चालन गर्ने भएको हो। 

‘पार्टीमा युवा पुस्ताको आकर्षण बढाउन, बाबुआमा एमालेमा प्रतिबद्ध हुने, छोराछोरीले कम्युनिष्ट पार्टी के हो नबुझ्ने अवस्था नहोस् भनेर छोराछोरी अभियान चलाउन लागिएको हो,’ उनले भने।

यो अभियानअन्तर्गत पार्टीका नेता, कार्यकर्ता र सदस्यका छोराछोरीलाई पार्टीमा जोड्ने, त्यसका लागि राजनीतिक, वैचारिक प्रशिक्षण चलाइने रिजालले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .