ad ad

राजनीति


वैशाख २४ गते संसदको बजेट अधिवेशन बोलाउने मन्त्रिपरिषदको निर्णय

वैशाख २४ गते संसदको बजेट अधिवेशन बोलाउने मन्त्रिपरिषदको निर्णय

नेपालखबर
बैशाख २०, २०८० बुधबार १५:५०, काठमाडौँ

सरकारले वैशाख २४ गते संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ।

बुधवार बसेको मन्त्रिपरिषद् बैठकले संसदको बजेट अधिवेशन वैशाख २४ गते बोलाउने निर्णय गरेको हो।

मन्त्रिपरिषद बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारकी प्रवक्ता रेखा शर्माले वैशाख २४ गते संसदको अधिवेशन बोलाउनका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरिएको जानकारी दिएन्।

त्यस्तै सरकारले एसीसी क्रिकेट प्रतियोगितामा विजयी नेपाली क्रिकेट खेलाडी र मुख्य प्रशिक्षकलाई जनही ६ लाख रुपैयाँ र अन्य टिम अफिसियललाई जनही ३ लाख रुपैयाँका दरले रकम उपलब्ध गराएर प्रोत्साहन गर्ने निर्णय पनि गरेको छ।

त्यस्तै, कीर्तिपुरको क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको बनाउन आगामी आर्थिक वर्षको बजेट विनियोजनमा विशेष प्राथमिकतामा राख्ने भन्ने निर्णय पनि गरिएको उनले जानकारी दिइन्।

मन्त्रिपरिषद्को बुधवारको बैठकले कोशिटप्पु वन्यजन्तु आरक्षण स्थापना गर्दा बिस्थापितहरुको सम्बन्धमा थप छानबिन गरी समस्या समाधान गर्न आयोग पुनःगठन गरी ३ महिना म्याद थप गर्ने पनि निर्णय गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .