राजनीति


अयोग्य लडाकुबारेको फैसला कार्यान्वयन गर्दा ‘स्याल हुइयाँ’ मच्चाइयो : प्रधानमन्त्री

अयोग्य लडाकुबारेको फैसला कार्यान्वयन गर्दा ‘स्याल हुइयाँ’ मच्चाइयो : प्रधानमन्त्री

नेपालखबर
बैशाख १८, २०८० सोमबार १६:१, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बहिर्गमित लडाकुहरूलाई २ लाख दिने सर्वोच्च अदालतको फैसला कार्यान्वयन गर्दा ‘स्याल हुइयाँ’ मच्चाउन खोजिएको बताएका छन्। 

अखिल नेपाल ट्रेड युनियनको महाधिवेशनलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले अयोग्य अडाकुलाई २ लाख दिने निर्णय आफू प्रधानमन्त्री भएपछि नभएको पनि उनले स्पष्ट पारे। 

‘हिजो अर्कै सरकारले निर्णय गरेको परिस्थिति र देशको सर्वोच्च अदालतले बहिर्गमित लडाकुलाई २ लाख दिनू भनेर गरेको फैसला कार्यान्वयन गर्दा अहिले कस्तो स्याल हुँइया मच्चाउन खोजिएको छ,’ प्रधानमन्त्री प्रचण्डले भने। 

साथै, उनले उक्त निर्णय अर्कै सरकारको पालामा भएको पनि बताए। ‘हामीले हिजो क्रान्तिमा लागेका सहिदहरुलाई सहिद हुनुपर्छ भन्दा प्रहार भयो। भइरहेको छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘युद्धमा त्याग र बलिदान गरेका सबै योद्धालाई सम्मान गर्नुपर्छ भनेर भन्दा प्रहार भइरहेको छ। त्यो पनि मैले प्रधानमन्त्रीको रुपमा नयाँ आविस्कार गरेको निर्णय होइन।’

साथै, उनले प्रधानमन्त्री पद र जिम्मेवारीलाई आफूले ठूलो चुनौतीका रुपमा लिएको पनि बताए। 

‘अहिले देशको प्रधानमन्त्री पद र जिम्मेवारीलाई निकै ठूलो चुनौतीपूर्ण अवसरको रुपमा लिएको छु। तपाईंहरुले देख्नुभएको छ, हामीले गर्न खोजेका प्रत्येक सकारात्मक डिसिजनविरुद्ध प्रहार भइरहेको छ,’ प्रधानमन्त्री प्रचण्डले भने। 

उनले मजदुरहरुलाई सम्बोधन गर्दै अब नजाग्ने हो भने अपमानित गरे सहिदको त्यागलाई उल्ट्याउन प्रयास भइरहेको पनि बताए। 

‘हामी नजाग्ने हो भने नगर्जिने हो भने समपूर्ण महान सहिदका त्यागलाई अपमानित गरेर उल्टाउने षडयन्त्र अझ अगाडि जानसक्छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘हामी नजाग्दा, हामी आन्दोलित नहुँदा स्यालहरु कराउन थालेका छन्, स्यालहरुले रजाईं गर्न थालेका छन्। त्यसलाई छुट दिन सकिँदैन।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .