ad ad

राजनीति


सांसद डाँगीको प्रश्न : सदनमा म बसिरहेको कुर्सी कुन देशबाट आयात भएको हो?

सांसद डाँगीको प्रश्न : सदनमा म बसिरहेको कुर्सी कुन देशबाट आयात भएको हो?

संसद बैठकमा बोल्दै रास्वपा सांसद निशा डाँगी। तस्बिर : सरोज बैजु/नेपालखबर


नेपालखबर
चैत १९, २०७९ आइतबार १३:४४, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद निशा डाँगीले सिंहदरबार, बालुवाटार, शीतल निवास र सदनलाई आत्मनिर्भर घोषणा गर्न माग गरेकी छन्। 

आइतवार बसेको प्रतिनिधिसभाको बैठकको शून्य समयमा बोल्दै उनले यस्तो बताएकी हुन्। 

उनले आर्थिक वर्ष २०७८ र ७९ मा ८८ हजार केजी बरारबको टुथपिक र २६ लाख केजीबराबरको ट्वाइलेट पेपर आयता भएको उल्लेख गर्दै राज्यले आत्मनिर्भर हुने प्रयास नै नगरेको बताइन्। 

'टुथपिक र ट्वाइलेट पेपरमा ४१ करोड बरारबरको पैसा बाहिरिएको छ', उनले भनिन्, 'टथपिकदेखि स्याम्पुसम्म, मोबाइलदेखि कारसम्म ठूलो मात्रामा आयात हुन्छ। हुँदा हुँदा चामलसम्म आयात भइरहेको छ। आन्तरिक उत्पादन बढाउन राज्यले के कस्तो नीति बनाएको छ?'

उनले देशको आर्थिक अवस्था सुधार गर्न योजना ल्याउन पनि आग्रह गरेकी छन्। 

'म सदनमा बसिरहेको कुर्सी कुन देशबाट आयात भएको हो? कि नेपालमै बनेको हो?', उनले भनिन्, 'कुर्सीका लागि जुन झगडा हुने गरेको छ, प्रधानमन्त्री सभामुखको कुर्सी कुन देशबाट आएको छ?' 

उनले संसदमा प्रयोग हुने सबै सामान नेपाली प्रयोग गर्न पनि आग्रह गरिन्। 'सिंहदरबार बालुावटार शीतल निवास र सदनको यो क्षेत्रलाई आत्मनिर्भर घोषणा गरौँ', उनले भनिन्,'यहाँ प्रयोग हुने कुर्सीदेखि माइकसम्म, कलमसम्म देखि कापीसम्म नेपाली प्रयोग गरौँ।' 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .