ad ad

राजनीति


राजनीतिक अस्थिरताको कारण एमाले र राप्रपा : प्रचण्ड

राजनीतिक अस्थिरताको कारण एमाले र राप्रपा  : प्रचण्ड

नेपालखबर
चैत ६, २०७९ सोमबार १३:४१, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक अस्थिरताको कारण नेकपा एमाले र राप्रपा भएको आरोप लगाएका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा विश्वासको मत माग्दै उनले राष्ट्रिय सहमतिमा राष्ट्रपति चयन गर्नुपर्छ भन्ने आफ्नो प्रस्तावपछि राप्रपा र एमालेका मन्त्रीले राजीनामा दिई विश्वासको मत फिर्ता लिएकाले राष्ट्रिय सहमतिको प्रयास विफल भएको बताए।

विश्वासको मत मागेको छोटो समयमै फेरि विश्वासको मत माग्नुपर्ला भनेर आोफूले नसोचेको बताएका छन्। 

‘यति छिटै विश्वासको मत माग्नुपर्ला भन्ने सोचेकै थिइनँ, सहमतिमा राष्ट्रपति चयन गर्नुपर्छ भन्ने मेरो प्रस्तावछि राप्रपा र एमालेका मन्त्रीहरुले राजीनामा दिनुभयो,' उनले भने, 'राजनीतिक स्थिरताको प्रतिबद्धतासहित सरकार गठन गरेका थियौँ। मैले मात्रै नभएर सहयात्री सबै दलहरूले पनि संसदमा स्थायित्वको बाचा गर्नुभएको थियो।’

प्रधानमन्त्री भएको तीन महिनामै दोस्रो संसद्लाई विश्वासको मत माग्दै उनले राजनीतिक अस्थिरताको जवाफ सरकारबाट बाहिरिने मन्त्री र दलले नै दिनुपर्ने बताए।

संसदको आजको बैठकमा आफ्नो पक्षमा विश्वासको मतका लागि प्रस्ताव प्रस्तुत गर्ने क्रममा उनले सरकारले छोटो समयमा प्रभावकारी काम गरेको दाबी गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .