ad ad

राजनीति


पाँच दलीय गठबन्धन ब्युँताएर रामचन्द्रलाई राष्ट्रपतिको उम्मेदवार बनाउने तयारी

पाँच दलीय गठबन्धन ब्युँताएर रामचन्द्रलाई राष्ट्रपतिको उम्मेदवार बनाउने तयारी

नेपालखबर
फागुन १०, २०७९ बुधबार २१:७, काठमाडौँ

मुलुकको राजनीतिले नाटकीय मोड लिएन भने नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल तत्कालीन पाँच दलीय गठबन्धनका तर्फबाट साझा राष्ट्रपतिको उम्मेदवार बन्ने देखिएको छ।

राष्ट्रपतिका लागि मनोनयन दर्ताको मिति नजिकिएसँगै बुधबार बिहानबाट सुरु भएका राजनीतिक छलफलले पुस १० गते भत्किएको गठबन्धनका तर्फबाट पौडेल साझा उम्मेदवार बन्ने वातावरण बनाएको छ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवानिवास धुम्बाराहीमा बुधबार बेलुकी नेकपा एकीकृत समाजवादीको नेतृत्वसँग भएको छलफलमा पुरानो ५ दलीय गठबन्धन ब्युँताएर राष्ट्रपति निर्वाचनमा जाने प्रारम्भीक समझदारी बनेको नेताहरूले बताएका छन्। 

बैठकमा सहभागी एकीकृत समाजवादीका एक नेताले दुई दलका बीचमा नेकपा माओवादी केन्द्रलाई सहमतिमा ल्याएर गत पुस १० गते भत्किएको तत्कालीन गठबन्धन ब्युँताउँदै राष्ट्रपति निर्वाचनमा जाने समझदारी बनेको बताए। 

ती नेताले कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालमध्ये एकलाई राष्ट्रपतिको उम्मेदवार बनाउनेसम्मको प्रारम्भीक समझदारी बनेको जानकारी दिए।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहमत भए कांग्रेसका वरिष्ठ नेता पौडेल नै राष्ट्रपतिका साझा उम्मेदवार बन्ने पनि दाबी गरे।

५ वर्ष नै सरकार चलाउन चाहिरहेका प्रचण्डलाई तीन वर्ष र बाँकी समय कांग्रेस र एकीकृत समाजवादीले चलाउने गरी सहमति जुटाएर राष्ट्रपति निर्वाचनमा गए पौडेल उम्मेदवार बन्ने ती नेताको भनाइ छ।

पौडेलले बुधबार नै एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई उनकै पार्टी कार्यालय आलोक नगरमा भेटेर आफूलाई राष्ट्रपतिका लागि सहयोग गर्न आग्रह गरेका थिए।

दुई नेताबीच बुधबार झण्डै डेढ घण्टा राष्ट्रपति निर्वाचनबारे छलफल भएको बताइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .