ad ad

राजनीति


प्रधानमन्त्रीका सल्लाहकार भन्छन् : कांग्रेससहितको सहमति हाम्रो बटमलाइन, एमालेलाई कुर्दैछौँ

प्रधानमन्त्रीका सल्लाहकार भन्छन् : कांग्रेससहितको सहमति हाम्रो बटमलाइन, एमालेलाई कुर्दैछौँ

फाइल तस्बिर


नेपालखबर
फागुन १०, २०७९ बुधबार १२:५८, काठमाडौँ

नयाँ राष्ट्रपतिका लागि यही शनिबार उम्मेदवारी दर्ताको समय तोकिएको छ। यस्तोमा दुई सत्ता साझेदार नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच अझै एकमत हुन सकेको छैन।

एमालेले पुस १० गतेको समझदारीअनुसार राष्ट्रपति आफूले पाउनुपर्ने अडान लिइरहेका बेला नेकपा माओवादी केन्द्र  भने नेपाली कांग्रेसलाई पनि मिलाएर लैजानुपर्ने पक्षमा छ।

एमाले र माओवादीको मतभेदबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेल आफूहरु राष्ट्रिय सहमतिको बटमलाइनबाट दायाँ बायाँ नभएको बताउँछन्। 

उनले बुधबार नेपालखबरसँगको संक्षिप्त कुराकानीका क्रममा नयाँ राष्ट्रपतिको निर्वाचनबारे आफूहरु एमालेलाई कुरेर बसिरहेको बताए। 

'राष्ट्रपतिबारेमा एमालेले के गर्छ पर्खिदैँछौँ', उनले भने, 'राष्ट्रपतिमा राष्ट्रिय सहमति गर्नुपर्छ। कांग्रेसलाई पनि सहमतिमा ल्याऊँ भन्ने हाम्रो लाइन हो। कांग्रेसलाई सहमतिमा ल्याउँदैमा अहिलेको गठबन्धन भत्किने पनि होइन।'

उनले माओवादी अहिले पनि पुस १० गते बनेको सात दलीय गठबन्धनकै बटमलाइनमा माओवादी रहेको पनि उल्लेख गरे। 

'हामी अहिले पनि यही गठबन्धनमा छौँ', उनले भने, 'तर राष्ट्पतिमा राष्ट्रिय सहमति हाम्रो बटमलाइन हो।'

यसैबीच राष्ट्रपति निर्वाचनलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग दुई घण्टा लामो वार्तापछि सत्ता साझेदार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट बाहिरिएका छन्। 

बुधबार बिहान १० बजेर ४० मिनेटदेखि सुरु भएको वार्ता दुई घण्टासम्म चलेको थियो। नेकपा माओवादी केन्द्रले राष्ट्रपतिको उम्मेदवारको टुंगो गर्ने जिम्मा प्रचण्डलाई दिएको सन्दर्भमा दुई नेताबीच वार्ता भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .