ad ad

राजनीति


बागमती प्रदेश सभाको बैठक आज २ बजे बस्दै

बागमती प्रदेश सभाको बैठक आज २ बजे बस्दै

नेपालखबर
माघ २२, २०७९ आइतबार ११:४६, काठमाडौँ

बागमती प्रदेशसभाको बैठक आजका लागि आह्वान भएको छ। प्रदेशसभाको दोस्रो कार्यकालको तेस्रो बैठक आज दिउँसो २ बजेका लागि डाकिएको हो।

प्रदेशसभाको बैठक गत माघ ३ गते मुख्यमन्त्री शालिकराम जम्कट्टेलले विश्वासको मत प्राप्त गरेपछि स्थगित भएको थियो। मंसिर ४ मा भएको निर्वाचनपछि शुरु भएको प्रदेशसभाको दोस्रो कार्यकालमा हालसम्म ६ वटा बैठक बसेको छ।

बैठकले सभामुख र उपसभामुख चयन, मुख्यमन्त्रीलाई विश्वासको मत दिनेसँगै ५ वटा अध्यादेश स्वीकृत गरेको छ।

प्रदेशसभामा नेपाली कांग्रेसका ३७, नेकपा एमालेका २७, नेकपा माओवादी केन्द्रका २१, नेकपा एकीकृत समाजवादी पार्टीका ७ , राप्रपाको १३, नेमकिपाको ३ र हाम्रो नेपाली पार्टीको २ गरी १ सय १० जना प्रदेशसभाका सदस्य छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .