राजनीति


विपक्षी दलबाट राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवार भोलि टुंगो हुने

विपक्षी दलबाट राष्ट्रियसभा उपाध्यक्षको उम्मेदवार भोलि टुंगो हुने

नेपालखबर
माघ २१, २०७९ शनिबार ११:२२, काठमाडौँ

प्रतिपक्षी दलहरूले  राष्ट्रिय सभाको उपाध्यक्षका उम्मेदवार आइतबार बिहानसम्म टुंगो लगाउने भएका छन्। 

शनिबार सिंहदरबारस्थित नेपाली कांग्रेस संसदीय दलको कार्यालमया आयोजित विपक्षी दलहरूको बैठकले राष्ट्रियसभाको उपाध्यक्ष पदमा विपक्षी दलका तर्फबाट भोलि बिहानसम्म उम्मेदवार तोक्ने निर्णय गरेको हो। 

राष्ट्रियसभा उपाध्यक्ष चयनका लागि यही माघ २३ गते निर्वाचन हुँदैछ। 

विपक्षी दलहरूको बैठकपछि कांग्रेस संसदीय दलको प्रमुख सचेतक रमेश लेखकले भने, ‘मूलतः राष्ट्रियसभा उपाध्यक्षका विषयमा सल्लाह भयो, भोलि बिहानसम्म निर्णय गर्छाैं।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .