ad ad

राजनीति


रास्वपाले गृहमन्त्रालय नछाड्ने, रविले ओली र प्रचण्डसँग छलफल गर्ने

रास्वपाले गृहमन्त्रालय नछाड्ने, रविले ओली र प्रचण्डसँग छलफल गर्ने

रास्वपा बैठकमा रविसहितका नेताहरु


नेपालखबर
माघ १५, २०७९ आइतबार १८:२७, काठमाडौँ

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्रालयमै दाबी गरेको छ।

सर्वोच्च अदालतकव शुक्रबारको आदेशपछि रवि लामिछानेले गृहमन्त्री पद गुमाएका थिए। तर आइतवार बसेको रास्वपा केन्द्रीय समिति बैठकले गृह मन्त्रालयमै फेरि दाबी गरेको हो। 

बैठकले फेरि गृह मन्त्रालय नै पाउनुपर्ने रणनीतिअनुसार अघि बढ्ने निर्णय लिएको हो। 

'हामीले गृहमन्त्रालयमा दाबी गर्ने कुरा स्वभाविक हो। गृहमन्त्रालय स्वत: हामीले पाउने कुरा हो', बैठकपछि पार्टी प्रवक्ता मुकुल ढकालले भने, 'अहिले हाम्रो दलमा समस्या देखिएको हो। गृह हाम्रो भागमा परेकाले त्यसमा को व्यक्ति पठाउने हाम्रो कुरा हो। गृहलाई लिएर अरु दलले तनाव लिनु पर्दैन। त्यो स्वत: हाम्रो भागको हो।'

गृहमा दाबी गर्दै रास्वपाले अन्य दलसँग संवादका लागि पार्टी सभापति रवि लामिछानेसहितलाई पठाउने भएको छ।

'यसबारेमा हाम्रा सभापतिसहितले सत्तारुढ अन्य दलका नेतासँग छलफल गर्नुहुन्छ', उनले भने, 'गठबन्धनमा भएको सहमतिअनुसार गृहमा विवाद हुँदैन। हामीले पाएको हुनाले त्यहाँ पठाउने व्यक्ति टुंगो गरेर जान्छौँ।'

गृहलाई लिएर सत्तारुढ नेकपा एमाले र नेकपा माओवादी केन्द्रमा पनि विवाद छ। 

एमाले अध्यक्ष केपी शर्मा ओली गृह रास्वपालाई नै दिनुपर्ने पक्षमा छन्। उता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गृहमा आफ्नै पार्टी सांसदलाई ल्याउने योजनामा छन्। 

यसअघि रास्वपा सांसद एवम् श्रममन्त्री डोरप्रसाद अर्यालले सत्तारुढ दलबीचको भागबन्डाअनुसार गृह अरुलाई दिन नसकिने बताएका थिए।

यदि गृह नपाउने हो भने सरकारबाट बाहिरिने रणनीतिमा रास्वपा पुगेको हो। नेपाली नागरिकता लिएकाले प्रधानमन्त्रीले चाहेमा रविलाई फेरि गृहमा लैजान सक्छन्।

तर गैरसांसदको हैसियतका रविले ६ महिनाभित्र संसदीय निर्वाचन जितेर नआए उक्त पद गुमाउनुपर्ने जोखिम हुन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .