राजनीति


प्रचण्डलाई विश्वासको मतबारे समाजवादीमा दुई धार, नेपाल र खनालको कुरा मिलेन

प्रचण्डलाई विश्वासको मतबारे समाजवादीमा दुई धार, नेपाल र खनालको कुरा मिलेन

फाइल तस्बिर


नेपालखबर
पुस २१, २०७९ बिहिबार १६:४, काठमाडौँ

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई विश्वासको मत दिने विषयमा नेकपा एकीकृत समाजवादीभित्र विवाद देखिएको छ।

यसअघि चार दिनसम्म बसेको स्थायी समिति र पोलिटब्युरो बैठक निष्कर्षविहीन भएको अवस्थामा बिहीबार सचिवालय बैठक बसेको थियो।

पार्टी कार्यालय आलोकनगरमा बसेको उक्त बैठकमा सरकारलाई समर्थन गर्ने विषयमा शीर्ष नेताहरुबीच मत बाझिएको हो।

समाजवादीभित्र सम्मानित नेता झलनाथ खनालले सात दलीय गठबन्धन सरकारलाई अहिले मत दिनु नहुने धारणा राखेका छन्। 

अर्कातिर अध्यक्ष माधवकुमार नेपाल प्रचण्ड नेतृत्वको सरकारलाई मत दिनुपर्ने पक्षमा आफ्नो अडान राखेका छन्। उनले मत दिनुपर्ने गरी आफ्ना कुरा बैठकमा राखे।

बुधबार मात्रै नेपालले सिंहदरबार पुगेर प्रधानमन्त्रीलाई भेटेका थिए। जहाँ उनलाई प्रचण्डले विश्वासको मत दिन आग्रह गरेका थिए। तर नेपालले पार्टीमा कुरा गरेर मात्रै निर्णय लिने बताएका छन्।

यसअघि अध्यक्ष नेपालले आफूहरुलाई कुनै हतार नभएको बताउँदै २६ गतेसम्म विश्वासको मत दिने नदिने टुंगोमा पुग्ने बताएका थिए।

समाजवादीलाई सरकारमा जान अहिलेसम्म कसैले औ‍पचारिक प्रस्ताव नपठाएको पार्टी उपममहासचिव जगन्नाथ खतिवडाले बिहीबारको सचिवालय बैठकपछि पनि बताएका छन्। 

 

वर्तमान सरकारलाई समर्थन गर्ने वा नगर्ने भन्नेबारे औपचारिक प्रस्ताव नै सरकार पक्षका पार्टीहरुले नगरेकाले यसबारे कुनै निर्णय नभएको खतिवडाको भनाइ थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .