नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने बालकोट पुगेका छन्।
ओलीलाई भेट्न लामिछाने शुक्रबार राति ओली निवास बालकोट पुगेका थिए। स्रोतका अनुसार उनीहरुबीच नयाँ सरकार गठनको विषयमा छलफल भएको थियो।
निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएसँगै नयाँ सरकार गठनका लागि दलहरू आन्तरिक गृहकार्यमा छन्।
संघीय संसदमा चौथो शक्ति बनेको राष्ट्रिय स्वतन्त्र पार्टीले पनि सरकारमा सहभागी हुनका लागि छलफल अघि बढाएको छ।
279
Shares
प्रतिक्रिया