ad ad

राजनीति


बलात्कारबारे आफ्नै ‘पुरानो’ विचारप्रति खेद प्रकट गर्दै सोबिता गौतमले गरिन् गल्ती स्वीकार

बलात्कारबारे आफ्नै ‘पुरानो’ विचारप्रति खेद प्रकट गर्दै सोबिता गौतमले गरिन् गल्ती स्वीकार

नेपालखबर
पुस २, २०७९ शनिबार ११:५४, काठमाडौँ

बलात्कारबारे आफूले कुनै बेला राखेको धारणाको तीव्र आलोचना भएपछि राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले गल्ती स्वीकार गर्दै आत्मग्लानी महसुस गरेकी छन्।

उनले बलात्कारले शरीरमा कुनै हानि–नोक्सानी नहुने तर्क गर्दै यसलाई सामान्यीकरण गर्नुपर्छ भनेर बोलेको भिडिओ क्लिप अहिले सामाजिक सञ्जालमा भाइरल बनाइएको छ। तर त्यो भिडिओ चार वर्षअघिको भएको गौतमले बताएकी छन्। साथै यस विषयमा अहिले आफ्नो सोच परिष्कृत भएको उनको भनाइ छ।

उनले सामाजिक सञ्जालमार्फत भनेकी छन्, ‘चार वर्षअघिको त्यो उदाहरण आज मैले पक्कै पनि प्रयोग गर्दिनँ। किनकि अध्यध्यन र अनुभवले मेरो बुझाइ अहिले परिष्कृत भएको छ।’

त्यो आफ्नो पुरानो भिडिओ भए पनि उनले प्रश्नकर्ताहरूको प्रश्नले आफूलाई घचघच्याएको र बलात्कारप्रति संवेदनशील हुन सिकाएको  उल्लेख गरेकी छन्। 

उनले भनेकी छन्, ‘यहाँहरूको प्रश्नले मलाई थप संवेदनशील हुन घचघच्याएको छ। अभिव्यक्तिको आशयभन्दा अन्यथा अर्थ लागेर प्रभावितमाथि पर्न गएको आघातप्रति मलाई खेद छ।’

आफ्नो आशय यौन हिंसा प्रभावितलाई हीनताबोध गराउनुभन्दा उनीहरूप्रति स्वाभाविक व्यवहार गर्दा पुनर्स्थापना सहज हुन्छ भन्ने भए पनि अन्यथा अर्थ लागेर पीडितलाई थप पीडा दिने काम भएकोप्रति उनले आत्मग्लानी महसुस गरेकी छन्।  

‘यौन हिंसा प्रभावितलाई हीनताबोध गराउनुभन्दा उनीहरूप्रति स्वाभाविक व्यवहार गर्दा मनोवैज्ञानिक आरोग्य र सामाजिक पुनर्स्थापना सहज हुन सक्छ भन्ने मेरो आशय हो’, प्रतिनिधिसभा सदस्य गौतमले भनेकी छन्, ‘त्यस कुरा प्रस्ट पार्न प्रयोग गरेको उदाहरण असंवेदनशील भयो भनेर यहाँहरूले आपत्ति जनाउनुभएको कुरालाई मैले मनन गरेकी छु।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .