ad ad

राजनीति


माइतीघरको झ्यालबाट दृश्यावलोकनमा राष्ट्रपति (तस्बिरहरू)

माइतीघरको झ्यालबाट दृश्यावलोकनमा राष्ट्रपति (तस्बिरहरू)

भोजपुरको रामप्रसादराई गाउँपालिका-५ आमबोटेमा रहेको आफ्नो जन्मघर बुधबार निरीक्षण गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी । तस्बिर : युवराज विष्ट, रासस


नेपालखबर
मंसिर २९, २०७९ बिहिबार ७:४४, काठमाडौँ

राष्ट्रपति विद्यादेवी भण्डारी बुधबार (२८ मंसिर) भोजपुर पुगेकी छिन्। आफ्नो गृह जिल्ला भोजपुरमा निर्माण भएको बहुप्राविधिक शिक्षालयको उद्घाटनका लागि भण्डारी बुधबार भोजपुर पुगेकी हुन्। 

रामप्रसाद राई गाउँपालिका वडा नम्वर ५, मानेभञ्याङको आमबोटेमा निर्माण भएको उक्त शिक्षालय राष्ट्रपति भण्डारीको पहलमा बनेको हो।

शिक्षालयलाई राष्ट्रपतिबाट ३७ रोपनी र परिवारका अन्य सदस्यले १८ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएका छन्। राष्ट्रपति भण्डारीले बुबा(आमाको नाममा शिक्षालय स्थापना गर्नका लागि पहल गरेकी हुन्। श्रीराम मिथिला बहुप्राविधिक शिक्षालय नामाकरण भएको उक्त शिक्षालय स्थापना भएसँगै प्राविधिक क्षेत्रका विद्यार्थीका लागि सहज हुने उनले विश्वास व्यक्त गरिन्। 

राष्ट्रपति भण्डारीले आफ्नो जन्मगाउँसाथै जन्मघर पनि निरिक्षण गरेकी थिइन्। भण्डारीको जन्म २०१८ साल असार ५ गते मानेभन्ज्याङमा भएको थियो। 

भोजपुरको रामप्रसादराई गाउँपालिका-५ आमबोटेमा रहेको आफ्नो जन्मघर बुधबार निरीक्षण गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी । तस्बिर : युवराज विष्ट, रासस

भोजपुरको रामप्रसाद राई गाउँपालिकामा रहेको शिवालय मन्दिरमा बुधबार पूजा-अर्चना गर्दैं राष्ट्रपति विद्यादेवी भण्डारी । तस्बिर : युवराज विष्ट, रासस

भोजपुरको रामप्रसादराई गाउँपालिका-५ मानेभञ्याङ, आमबोटेमा नवनिर्मित ‘श्रीराम मिथिला बहुप्राविधिक’ शिक्षालयको बुधवार उद्घाटन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी । तस्बिर ; युवराज विष्ट, रासस

भोजपुरको रामप्रसादराई गाउँपालिकामा रहेको बेहेरेश्वर महादेव मन्दिरमा बुधबार पूजा अर्चना गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी । तस्बिर : युवराज विष्ट, रासस

भोजपुरको रामप्रसादराई गाउँपालिका-५ मानेभन्जयाङ्ग, आमबोटेमा नवनिर्मित ‘श्रीराम मिथिला बहुप्राविधिक’ शिक्षालयको बुधवार उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै राष्ट्रपति विद्यादेवी भण्डारी । तस्बिर : युवराज विष्ट, रासस

भोजपुरको रामप्रसादराई गाउँपालिका-५ आमबोटेमा रहेको आफ्नो जन्मघर बुधबार छोरीहरुसँग राष्ट्रपति विद्यादेवी भण्डारी। तस्बिर : युवराज विष्ट, रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .