नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई रिहा गर्ने हल्ला चलेपछि कार्यकर्ताहरु डिल्लीबजारस्थित सदरखोरमा जम्मा भएका छन्।
चौधरीको पार्टीका कार्यकर्ताहरु फूलमालासहित डिल्लीबजार जेल अगाडि स्वागत गर्नका लागि उभिएर बसेका छन्।
केहीले झण्डा तयार गरेर बसेका छन्। कैलालीको टीकापुरमा झडप हुँदा आठ जनाको मृत्यु भएको घटनामा दोषी ठहर भई चौधरीले जन्मकैदको सजाय भोगिरहेका थिए।
हिजो (आइतबार) बसेको मन्त्रिपरिषद बैठकले मुलुकी फौजदारी कार्यविधि संहिताको दफा ११६ संशोधन गर्ने निर्णय गरेको छ। यसरी अध्यादेशमार्फत कार्यविधि संशोधन हुन लागेपछि चौतर्फी विरोध भइरहेको छ।
102
Shares
प्रतिक्रिया