क्युबामा ४० वर्षमा पहिलो पटक प्रधानमन्त्री नियुक्त गरिएको छ। राष्ट्रपति मिगुएल डियाज केनलले पर्यटन मन्त्री रहेका म्यानुएल मारेरो क्रुजलाई प्रधानमन्त्री नियुक्त गरे।
शनिबार त्यहाँको संसदले यो निर्णयलाई अनुमोदन गरेको छ।
सन् १९७६ मा क्रान्तिकारी नेता फिडेल क्यास्ट्रोले प्रधानमन्त्री पद हटाएका थिए।
नयाँ प्रधानमन्त्रीले राष्ट्रपतिको जिम्मामा रहेका केही काम सम्हाल्ने जनाइएको छ।
मारेरो सन् २००४ मा पर्यटनमन्त्री बनेका थिए। त्यसयता क्युबाको पर्यटन क्षेत्रले ठूलो फड्को मारेको थियो। एजेन्सी
प्रतिक्रिया