ad ad

राजनीति


नागरिकता विवादः जब मुस्लिम महिलाले प्रहरीलाई आन्दोलनकारीबाट जोगाए

नागरिकता विवादः जब मुस्लिम महिलाले प्रहरीलाई आन्दोलनकारीबाट जोगाए

नेपालखबर
पुस ६, २०७६ आइतबार ८:३८,

प्रहरीको गोली लागेर कैयौंको मृत्यु भएपछि यतिबेला प्रदर्शनकारीहरु प्रहरीसँग रुष्ट बनेका छन्।

शनिबार गुजरातको अहमदावाद शहरमा प्रदर्शनकारीले प्रहरीमाथि ढुंगा तथा इटा प्रहार गरेका थिए।

बीबीसी हिन्दीका अनुसार अहमदावादमा प्रदर्शनकारीले प्रहरीलाई ढुंगा हान्दै लखेटेका थिए। यस घटनाको भिडियो पनि सार्वजनिक भएको छ।

सो क्रममा प्रहरीहरु ज्यान जोगाउन दोकान तथा साना गाडीहरुको पछाडि लुकेका थिए। प्रदर्शनकारीले लखेट्दै आएको देखेपछि केही स्थानीय महिलाहरुले प्रहरीको ज्यान जोगाएको जनाइएको छ।

ती स्थानीय महिलाहरु मुसलमान समुदायको भएको जनाइएको छ। स्थानीय निवासी फरिन बानोले बीबीसी गुजरातसँग भनिन्,‘आन्दोलनकारीले ढुंगा हान्दै प्रहरीलाई लखेटेपछि उनीहरु दोकान र साना गाडीहरुमा लुकेका थिए। हाम्रो घर छेउका युवाहरुले प्रहरीलाई सुरक्षा दिन मेरो घरमा ल्याए।’

फरिन बानोका अनुसार प्रहरीहरु निकै डराएका थिए। केहीको शिरमा ढुंगा लागेको थियो भने केहीको हात तथा खुट्टामा ढुंगाले चोट बनाएको थियो। उनीहरुको शरीरबाट रगत बगिरहेको थियो। हामीले उनीहरुलाई घरेलु उपचार गरेर सुरक्षा दियौं।

Image result for police beat india

स्थिती सामान्य बनेपछि प्रहरीहरु आफ्नो बाटो लागेको जनाइएको छ।

हाल भारतमा ल्याउन खोजिएको कानुन मुसलमान विरोधी भएको भन्दै चौतर्फी आन्दोलन भएको छ।

फरिन बानो भन्छिन्,‘हाम्रो नजिक को छ हामीलाई कुनै फरक पर्दैन। हामीले मानवताको भावनाले प्रहरीको मद्दत गरेका हौं।’

भारतको संसद्ले गैरकानुनी रूपमा अफगानिस्तान, बंगलादेश र पाकिस्तानबाट आउने गैरमुस्लिम आप्रवासीहरूलाई नागरिकता दिने प्रावधान भएको नागरिकता विधेयक पारित गरेपछि त्यहाँ विवाद मच्चिएको हो।

 भारतले गैरमुस्लिमलाई मात्र नागरिकता दिन लागेको उल्लेख गरेपछि उक्त कानुन मुसलमान विरोधी भएको राष्ट्रसंघले पनि बताएको थियो।

साथै त्यहाँका मानिसहरू छिमेकी देशहरुबाट आउने आप्रवासीको चेपुवामा पर्ने भन्दै आक्रोशित भएका हुन्।

 

 

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .