ad ad

राजनीति


आन्दोलनरत जनताको ध्यान मोड्न भारतले पाकिस्तानमा आक्रमण गर्नसक्छः इमरान खान

आन्दोलनरत जनताको ध्यान मोड्न भारतले पाकिस्तानमा आक्रमण गर्नसक्छः इमरान खान

नेपालखबर
पुस ६, २०७६ आइतबार ६:२८,

यसबीचमा पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतले पाकिस्तानमाथि आक्रमण गरेर अन्दोलनरत जनताको ध्यान मोड्ने योजना बनाएको हुनसक्ने बताएका छन्।

खानले भारतले पाकिस्तानविरुद्ध षड्यन्त्र रच्ने बताउँदै त्यसको जवाफ दिन आफूहरु तयार हुनुपर्ने र त्यसको विकल्प नभएको बताए।

खानले ट्वीटरमा भनेका छन्,‘भारतले जम्मु–कस्मिरका अझैपनि मानिसहरुलाई कैद गरेर राखेको छ। यदी त्यहाँको प्रतिबन्ध हटे विरोध प्रदर्शन सुरुहुनेछ। यदी भारतमा यसरी प्रदर्शनले उग्र रुप लिए पाकिस्तानमा आक्रमण गरेर भारतले जनताको ध्यान मोड्नसक्छ।’

खान अर्को ट्वीटमा भन्छन्,‘मोदी सरकारको नेतृत्वमा भारत हिन्दु राष्ट्रतर्फ अगाडि बढेको छ। यो प्रक्रिया हिन्दु श्रेष्ठता र फासीवादी विचारधारको माध्यमबाट अगाडि बढेको हो। यतिबेला भारतमा नागरिकता संशोधन कानुन विरुद्ध त्यहाँका नागरिक सडकमा छन्। उनीहरु भारतमा विविधता कायम होस् भन्ने चाहन्छन्।’

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .