ad ad

राजनीति


स्थायी समिति बैठक बीचैमा रोकेर प्रचण्डले गरे सचिवालयमा छलफल

स्थायी समिति बैठक बीचैमा रोकेर प्रचण्डले गरे सचिवालयमा छलफल

नेपालखबर
पुस ५, २०७६ शनिबार ९:२३,

 सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समितिको बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा जारी छ।

शनिबार दिउँसो सुरु भएको बैठकमा दुवै अध्यक्षका तर्फबाट अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पेस गरेको प्रतिवेदनमाथि स्थायी समिति सदस्यहरुले उठाएका प्रश्नहरुको जवाफ दिने कार्यसूची रहेको छ।

स्थायी समिति बैठक सुरु भएपछि विधान संशोधन र समसामयिक राजनीतिका विषयमा महासचिव पौडेलले धारणा राखेका थिए। महासचिव पौडेलले धारणा राखेलगत्तै अध्यक्ष प्रचण्डले केही बेरका लागि स्थायी कमिटी बैठक स्थगित गरी सचिवालयमा छलफल गरेका थिए।

‘स्थायी समितिमा दिने जवाफका बारेमा अध्यक्ष प्रचण्डले सचिवालयमा छलफल गर्नुभएको हो’, नेकपाका एक नेताले नेपालखबरसँग भने।

यसअघि शुक्रबार प्रचण्डले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गरेका थिए।

सचिवालयमा छलफल गरेलगत्तै स्थायी कमिटिको बैठक पुनः सुरु भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .