राजनीति


संविधानको व्यवस्थाअनुसार प्रदेश र स्थानीय तहलाई सबै अधिकार दिएका छौँः मन्त्री पण्डित

संविधानको व्यवस्थाअनुसार प्रदेश र स्थानीय तहलाई सबै अधिकार दिएका छौँः मन्त्री पण्डित

नेपालखबर
असार १०, २०७६ मंगलबार १०:५६,

 संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले संविधानले व्यवस्था गरेको सबै अधिकार प्रदेश र स्थानीय तहलाई दिएको दावी गरेका छन्।

मन्त्री पण्डितले प्रदेश र स्थानीय तहलाई संघीय सरकारभन्दा आफू अलग रहेको नठान्न पनि आग्रह गरे। संविधानले तीन वटै तहको सरकारलाई सहकार्यमा अघि बढ्न निर्दिष्ट गरेकाले संघ, प्रदेश र स्थानीय तहको सरकारलाई एक अर्काबाट अलग रहेको ठान्न नमिल्ने उनको भनाई थियो।

मंगलबार ललितपुर महानगरपालिकाको चौंथो नगरसभामा बोल्दै मन्त्री पण्डितले पर्याप्त अधिकार दिइएको उल्लेख गर्दै प्रदेश र स्थानीय तहलाई त्यसको भरपुर उपयोग गर्न पनि सचेत गराए।

उनले संघीय सरकार प्रदेश र स्थानीय तहसँग सहकार्य गरेर संघीयतालाई इमान्दारिताका साथ कार्यान्वयनमा लैजान प्रतिवद्ध रहेको पनि बताए।

मन्त्री पण्डितले केहीले सिंहदरबारको अधिकार गाउँमा नपुगेको भने पनि त्यसमा सत्यता नरहेको दावी गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .