ad ad

राजनीति


कुन कलाकार कुन मतदान स्थलमा भेटिन्छन्?

कुन कलाकार कुन मतदान स्थलमा भेटिन्छन्?

फाइल तस्बिर


नेपालखबर
मंसिर ४, २०७९ आइतबार ९:२०, काठमाडौँ

आज (आइतबार) देशभर प्रतिनिधिसभा र प्रदेशसभाका निर्वाचन सुरु भएको छ। देशका विभिन्न मतदान स्थलमा पुगेर मतदाताले मतदान गर्ने क्रम सुरु र्भसकेको छ।

क्लाकार पनि मतदानको तयारीमा छन्। केहि नाम चलेका कलाकार भने यो निर्वाचनमा आफ्नो मत दिनबाट बञ्चित भएका छन्।

बरिष्ठ कलाकार मदकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले यो निर्वाचनमा भोट हाल्न नपाउने भएका छन्। उनीहरु फिल्म ‘महापुरुष’ प्रदर्शनका क्रममा अमेरिकामा छन्। 

नेपालमै भएर पनि नायिका आँचल शर्माले यस पटक मतदान गर्न नपाउने भएकी छिन्। उनी ‘नाइँ नभन्नु ल ६’को छायांकनका लागि झापामा छिन्। उनको मतदान केन्द्र काठमाडौं क्षेत्र नम्बर ४ हो ।

अभिेता राजेश हमालले लैनचरस्थित शान्ति विद्या निकेतन मतदान केन्द्रमा पुगेर भोट हाल्दैछन्। नायिका करिश्मा मानन्धरले लाजिम्पाट मतदान केन्द्रबाट भोट हाल्नेछिन्। 

अभिनेत्री केकी अधिकारीले चावहिलस्थित मतदान केन्द्रबाट भोट हाल्नेछिन्। फिल्म ‘नाइँ नभन्नु ल ६’को सुटिङमा झापा पुगेकी केकी मतदान गर्नैकै लागि काठमाडौं फर्किएकी छिन्। 

कलाकार तथा निर्माता दीपकराज गिरीले दहचोक मतदान केन्द्रमा पुगेर मतदान गर्ने छन्। कलाकार तथा निर्देशक दीपाश्री निरौंला मतदान गर्नका लागि बिराटनगर पुगेकी छिन्। 

अभिनेत्री रेखा थापा आफैं मोरङ ३ की उम्मेदवार हुन्। उनको मतदान स्थल काठमाडौंको मित्रपार्क हो। उनी यो निर्वाचनमा आफ्नो मत प्रदान गर्नबाट बञ्चित भएकी छिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .