ad ad

राजनीति


नागरिकता विवादः प्रदर्शनमा पुगेका इतिहासविद रामचन्द्र गुहा प्रहरी नियन्त्रणमा

नागरिकता विवादः प्रदर्शनमा पुगेका इतिहासविद रामचन्द्र गुहा प्रहरी नियन्त्रणमा

नेपालखबर
पुस ३, २०७६ बिहिबार ७:१७,

राजधानी दिल्लीसहित देशका विभिन्न स्थानमा प्रदर्शन भइरहेका हुन्।

बिहीबार जुन जुन स्थानमा प्रदर्शन गर्ने भनिएको थियो उक्त स्थानमा सरकारले कर्फ्यु जारी गरिदिएको छ।

यद्यपी दिल्लीको लाल किलामा मानिसहरु प्रदर्शनका लागि जम्मा भइरहेको बताइएको छ।

प्रहरीले स्वराज अभियान पार्टीका नेता योगेन्द्र यादवसहित दर्जनौं प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको जनाइएको छ।

बिहीबार नै बैंगलोरमा प्रदर्शनमा सहभागी हुन पुगेका भारतका चर्चित इतिहासविद रामचन्द्र गुहालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

संचारमाध्यमसँग अन्तर्वार्ता दिने क्रममा उनलाई प्रहरीले पक्राउ गरेको हो। उक्त घटनाको भिडियो पनि सार्वजनिक भएको छ।

यसअघि रामचन्द्र गुहाले नागरिकता संशोधन कानुनको कडा शब्दमा विरोध गरेका थिए।

भारतको संसद्ले गैरकानुनी रूपमा अफगानिस्तान, बंगलादेश र पाकिस्तानबाट आउने गैरमुस्लिम आप्रवासीहरूलाई नागरिकता दिने प्रावधान भएको नागरिकता विधेयक पारित गरेपछि त्यहाँ विवाद मच्चिएको हो।

त्यहाँका मानिसहरू छिमेकी देश बाङ्ग्लादेशबाट आउने आप्रवासीको चेपुवामा आफूहरू पर्ने भन्दै आक्रोशित भएका हुन्। यस्तै संयुक्त राष्ट्रसंघले पनि यस विधेयकको विरोध गरेको छ।

भारतले गैरमुस्लिमलाई मात्र नागरिकता दिन लागेको उल्लेख गरेपछि उक्त कानुन मुसलमान विरोधी भएको राष्ट्रसंघले बताएको थियो।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .