ad ad

राजनीति


नेतृत्वलाई गोकर्ण विष्टको प्रश्नः कामको मूल्यांकन गर्ने विधि के हो?

नेतृत्वलाई गोकर्ण विष्टको प्रश्नः कामको मूल्यांकन गर्ने विधि के हो?

नेपालखबर
पुस २, २०७६ बुधबार ११:५,

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य गोकर्ण विष्टले पार्टी र सरकारले गर्ने मूल्यांकन विधिका बारेमा नेतृत्व समक्ष प्रश्न गरेका छन्।

नेकपाको जारी स्थायी समिति बैठकमा बुधबार बोल्दै पूर्व मन्त्री विष्टले पार्टीले कामको सही मूल्यांकन गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका हुन्।

‘सरकार र पार्टी नेतृत्वले कामको बारेमा मूल्यांकन गर्ने विधि के हो?’ विष्टको भनाइलाई उद्धृत गर्दै एक स्थायी समिति सदस्यले नेपालखबरसँग भने, ‘सरकार पुनर्गठन गर्ने समयमा आत्मसम्मानमा चोट पुर्याउने काम भएको छ।’ मंसिर पहिलो साता भएको मन्त्रिपरिषद् पुनर्गठनमा श्रम मन्त्री रहेका विष्टलाई पदबाट हटाइएको थियो।

उनले पार्टीका निर्णयहरु संस्थागत हुन नसकेको, गुटबन्दी बढेको, कामकाे उचित मूल्यांकन हुन नसकेको लगायत विषयलाई बैठकमा उठाएका थिए। बैठकमा विष्टको प्रश्न थियो ‘गुटबन्दी अन्त्य गर्ने, कामको मूल्यांकन गर्ने र सुधार गर्ने भन्ने विषय लेख्नका लागि मात्रै हो कि त्यसलाई कार्यान्वयन पनि गर्ने हो?’

बैठकमा विष्टले समाजवादतर्फ उन्मुख छ भन्ने पार्टी दलालका चंगुलमा पर्दै गरेको बताए। चार दिनदेखि जारी स्थायी समितिको बैठकमा सदस्यहरुले धारणा राख्ने क्रम जारी छ। 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .