ad ad

राजनीति


आचारसंहिता अनुगमनको जिम्मा गुप्तचरलाई दिएकोप्रति महासंघको असहमति

आचारसंहिता अनुगमनको जिम्मा गुप्तचरलाई दिएकोप्रति महासंघको असहमति

नेपालखबर
असोज २८, २०७९ शुक्रबार १४:२, काठमाडौँ

नेपाल पत्रकार महासंघले निर्वाचन आचारसंहिता अनुगमन गर्ने जिम्मेवारी राष्ट्रिय अनुसन्धान विभागलाई दिइएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

शुक्रबार विज्ञप्ति प्रकाशित गरी महासंघले निर्वाचन आयोगले आचारसंहिता अनुगमनको जिम्मा विभागलाई दिएकोप्रति असहमति प्रकट गरेको हो।

आचारसंहिताको पालना गरे नगरेको अनुगमन गर्ने काम प्रेस काउन्सिल नेपालले गर्दै आएको छ।

‘नेपाली सञ्चारजगतले स्वनियमनको सिद्धान्तअनुसार सञ्चारक्षेत्र आफैँले बनाएको आचारसंहिता पालना गर्दै आइरहेकोतर्फ आयोगको ध्यानाकर्षण गराउँदै विभागमार्फतको अनुगमन नेपाली सञ्चार क्षेत्रलाई मान्य नहुने कुरा प्रष्ट पार्न चाहन्छौं’ महासंघले भनेको छ।

यस्तै आयोगले चुनाव प्रचाररप्रसारसम्बन्धी विज्ञापनको विषयमा अनलाइन सञ्चारमाध्यमप्रति विभेद गरेकोमा पनि महासंघको ध्यानाकर्षण भएको जनाएको छ। 

महासचिव रोसन पुरीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘लोकतन्त्रमा सबै सञ्चारमाध्यमको भूमिका समान हुने कुरामा महासंघ विश्वस्त छ। संवैधानिक आयोगबाटै भएको विभेद आपत्तिजनक भएकोले तत्काल सञ्चाएर सबै सञ्चारमाध्यमलाई समान व्यवहार गर्न र अनलाइन सञ्चारमाध्यमले पनि निर्वाचनका प्रचार/प्रसारसम्बन्धी विज्ञापन प्रकाशन तथा प्रसारण गर्न पाउने व्यवस्था गर्न जोडदार माग गर्दछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .