ad ad

राजनीति


एमालेको समर्थनमा उम्मेदवारी दिन हिँडेका जसपाका यादव बने कांग्रेसका उम्मेदवार

कपिलवस्तुमा भत्कियो एमाले जसपा गठबन्धन
एमालेको समर्थनमा उम्मेदवारी दिन हिँडेका जसपाका यादव बने कांग्रेसका उम्मेदवार

नेपालखबर
असोज २३, २०७९ आइतबार २१:३६, काठमाडौँ

कपिलवस्तुमा एमालेको समर्थनमा जसपाबाट मनोनयन दर्ता गराउन हिँडेका उम्मेदवार नै कांग्रेसमा प्रवेश गरेका छन्। जसपाबाट उम्मेदवार बन्न लागेका सहश्रराम यादव एकाएक कांग्रेसबाट प्रदेश सभा १ ख को उम्मेदवार बनेका हुन्। 

यसअघि सो क्षेत्रमा उनी एमालेको समर्थनमा उम्मेद्वार बन्ने तय भएको थियो। एमाले र जसपाबीच भएको केन्द्रीय सहमति अनुसार जिल्लाका ६ प्रदेश सभा क्षेत्रमध्ये २ वटा जसपाको भागमा परेको थियो। 
यादव कांग्रेस प्रवेश गरेर उम्मेद्वार भएसँगै कपिलवस्तुमा एमाले र जसपाको गठबन्धन भत्किएको छ। 

आइतबार बिहानसम्म दुवै दल मिलेरै मनोनयन दर्ता गर्ने सुरसारमा थिए। सोही अनुसार छाता चुनाव चिह्न पदइ। उम्मेदवारी दर्ता गराउन निर्वाचन अधिकृतको कार्यालय बाडगंगाको गजेहडा पुगेका यादव एकाएक मोडिएर कांग्रेसका उम्मेदवार बनेका हुन्। अघिल्लो पटक पनि जसपाबाट सांसद भएका यादव लुम्बिनी प्रदेशका भौतिक पूर्वाधारमन्त्री छन्। 

यादव कांग्रेसबाट उम्मेदवार बनेपछि गठबन्धनको एक घटक एकीकृत समाजवादीले आपत्ति जनाएको छ। समाजवादीले यस क्षेत्र आफूले पाउनुपर्ने दाबी गर्दै आएको भन्दै फैजल खानलाई उम्मेदवार बनाएको छ।

यादव कांग्रेसका उम्मेदवार बनेपछि एमालेले गठबन्धन तोड्दै जसपाले पाएको निर्वाचन क्षेत्रमा आफ्नो तर्फबाट उम्मेदवारी दर्ता गराएको छ। प्रतिनिधि सभा १ को ‘ख’ मा एमालेले मधुसुदन चौधरीलाई उम्मेदवार बनाएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .