ad ad

राजनीति


काभ्रे–२ मा गोकुल र शिवको प्रतिस्पर्धा, स्वतन्त्रबाट मनोज पनि मैदानमा

काभ्रे–२ मा गोकुल र शिवको प्रतिस्पर्धा, स्वतन्त्रबाट मनोज पनि मैदानमा

नेपालखबर
असोज २३, २०७९ आइतबार १२:५६, काठमाडौँ

आसन्न निर्वाचनमा काभ्रेपलाञ्चोक–२ मा नेकपा एमालेका नेता गोकुल बाँस्कोटा र नेपाली कांग्रेसका नेता शिवप्रसाद हुमागाईंबीच प्रतिस्पर्धा हुने भएको छ। 

मंसिर–४ मा हुन गइरहेको निर्वाचनमा प्रतिनिधिसभा सदस्यतर्फ काभ्रे–२ का लागि एमालेले बाँस्कोटा र कांग्रेसले हुमागाईंलाई उम्मेदवार बनाएको छ। 

२०७४ को निर्वाचनमा कांग्रेस उम्मेदवार मधुप्रसाद आचार्यलाई झण्डै १९ हजार मतले पराजित गर्दै बाँस्कोटा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए। 

उक्त निर्वाचनमा उनले ५५ हजार ५२६ र आचार्यले ३६ हजार ७५३ मत प्राप्त गरेका थिए। तत्कालीन समयमा एमाले नेकपा माओवादी केन्द्रसंग तालमेल गरेर चुनावमा होमिएको थियो। 

यसपाली माओवादीसहितका चार दलसँग कांग्रेसले चुनावी तालमेल गरेर काभ्रेपलाञ्चोक–२ मा हुमागाईंलाई उम्मेदवार बनाएको छ। 

गत वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनको मतपरिणामले काभ्रेपलाञ्चोक–२ मा एमाले र कांग्रेसले झण्डै बराबरी मत पाएका छन्। 

निर्वाचन आयोगका अनुसार उक्त निर्वाचनमा एमालेको पक्षमा ४५ हजार ५१४ र कांग्रेसको ४५ हजार ४५६ मत खसेको थियो। 

यस्तै नेकपा एकीकृत समाजवादीले ८ हजार ६७६, माओवादीले ६ हजार ३७० र राप्रपाले २ हजार ३५४ मत पाएका थिए।

स्थानीय तह निर्वाचन २०७९ मा वडाध्यक्षका उम्मेदवारले पाएको मतका आधारमा प्रतिनिधिसभामा प्रत्यक्षतर्फ काभ्रेपलाञ्चोक–२ मा सत्ता गठबन्धनको पक्षमा ६० हजार ५०२ मत देखिन्छ। 

काभ्रेपलाञ्चोक–२ बाट चलचित्र निर्देशक मनोज पण्डितले स्वतन्त्र उम्मेदवारी दिएका छन्। 

उनले केही समयअघि एमाले नेता बाँस्कोटालाई लक्षित गर्दै सामाजिक सञ्जाल फेसबुकमा स्टाटस् लेख्दै ‘भ्रष्टाचारी’ ले खुल्लमखुल्ला चुनाव लड्ने हाँक दिएकाले आफू मौन रहन नसक्ने बताएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .