ad ad

राजनीति


ललितपुर–३ मा चुनाव लड्न कांग्रेसबाट जीतजंग बस्नेत सिफारिस

ललितपुर–३ मा चुनाव लड्न कांग्रेसबाट जीतजंग बस्नेत सिफारिस

फाइल तस्बिर : जीतजंग बस्नेत


नेपालखबर
भदौ १८, २०७९ शनिबार ११:३९, काठमाडौँ

नेपाली कांग्रेसका युवा नेता जीतजंग बस्नेत ललितपुर–३ मा चुनाव लड्न प्रतिनिधि सभाको प्रत्यक्षतर्फ उम्मेदवारका रूपमा सिफारिस भएका छन्।

पार्टीको प्रतिनिधि सभा क्षेत्रीय कार्यसमितिको बैठकले उनलाई उम्मेदवारीका लागि पहिलो नम्बरमा जिल्ला कार्यसमितिसमक्ष सिफारिस गरेको हो।

ललितपुर–३ बाट केन्द्रीय सदस्य बस्नेतसँगै संविधानसभा सदस्य मदन अमात्य, मनोनीत केन्द्रीय सदस्य धन खतिवडा र विद्या केसी श्रेष्ठको नाम पनि सिफारिस गरिएको छ। 

समानुपातिकतर्फ ओमकारप्रसाद श्रेष्ठको नाम पठाइएको क्षेत्रीय कार्यसमितिले जनाएको छ। नेपाल तरुण दलका पूर्वअध्यक्ष बस्नेत गत मंसिरमा सम्पन्न कांग्रेसको १४औं महाधिवेशनमा लोकप्रिय १० जनाभित्र परेर केन्द्रीय सदस्य बनेका थिए। 

२०७४ मा सम्पन्न निर्वाचनमा ललितपुर–३ बाट नेकपा माओवादी केन्द्रकी नेतृ पम्फा भुसाल विजयी भएकी थिइन्। कांग्रेस नेता अमात्य २२ हजार ३२८ मत प्राप्त गरेर दोस्रो भएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .