ad ad

राजनीति


विपद्को रकम सदुपयोगमा सचेत रहन गृहमन्त्रीको आग्रह

विपद्को रकम सदुपयोगमा सचेत रहन गृहमन्त्रीको आग्रह

नेपालखबर
भदौ १७, २०७९ शुक्रबार १४:५८, काठमाडौँ

गृहमन्त्री बालकृष्ण खाँणले विपद्का लागि छुट्टयाएको रकमको पूर्ण सदुपयोग हुनुपर्ने बताएका छन्।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकमा गृहमन्त्री खाँणले विपद्को रकम सदुपयोगमा सचेत र संवेदनशील रहन सम्बन्धित सरकारी निकाय र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई निर्देशन दिए। 

गृहमन्त्री खाणले विपद्मा प्रभावितलाई राहत वितरण र विपदबाट क्षतिग्रत संरचना निर्माणमा रकम खर्च गर्दा पनि रार्वजिनक ऐन आकर्षित हुने भन्दै प्रचलित ऐन र कानुन अनुसार नै बजेट खर्च गर्न निर्देशन दिए। उनले कार्यकारी समितिका निर्णय गम्भीर भएर कार्यान्वयन गर्न पनि सम्बन्धित निकायलाई निर्देशन दिए। 

विपदबाट नागरिक र संरचना बचाउन एकातर्फ बजेट नहुने र बजेटको व्यवस्थापन भए पनि खर्च गर्न नसक्ने अवस्था नआओस् भन्नेमा सरकार सचेत रहेको गृहमन्त्री खाँणले बताए। सरकार विपदबाट प्रभावितहरूको उद्धार, राहत र व्यवस्थापनका लागि रकमको अभाव हुन नदिन प्रयत्नशील रहेको पनि बताए। 

विपद्को सामना गर्न स्थानीय तहमा प्राविधिक जनशक्ति पर्याप्त नभएकाले केन्द्रका मन्त्रालय र विभागबाट पुग्नु पर्ने अवस्था रहेको भन्दै उनले संघ, प्रदेश र स्थानीय दलहको समन्वयमा प्रभवित नागरिकको राहत, उद्धार र व्यवस्थापन तथा प्रभावित संरचनाको पुनर्निर्माण होस् भन्ने पक्षमा सरकार रहेको बताए। 

उनले विपद् व्यवस्थापनमा सुरक्षा निकायहरू, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीले निभाएको भूमिकाको प्रशंशा गर्दै सुरक्षा निकायको प्रयासले विपदबाट ठूलो जनधनको क्षति हुन जोगिएको बताए। 

बैठकले पाँचथर, उदयपुर, गोरखा, डडेलधुरा, बझाङलगायतका जिल्लाहरूमा मनसुनजन्य विपदबाट क्षतिग्रस्त अत्यावश्यक संरचनाहरूको पुनर्निर्माणका लागि विपद् व्यवस्थापन कोषको बजेट उपलब्ध गराउने निर्णय गरेको छ। त्यस्तै बैठकमा खोटाङ र लमजुङमा भूकम्पबाट क्षतिग्रस्त भएको निजी आवासहरू पुनःनिर्माणबारे पनि छलफल भएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .