ad ad

राजनीति


मातहतका समितिलाई कांग्रेसको निर्देशन : उम्मेदवार सिफारिस गर्दा शुल्क नलिनू

मातहतका समितिलाई कांग्रेसको निर्देशन : उम्मेदवार सिफारिस गर्दा शुल्क नलिनू

कांग्रेसको केन्द्रीय कार्यालय


नेपालखबर
भदौ १४, २०७९ मंगलबार १८:५३, काठमाडौँ

नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि पार्टीका तर्फबाट उम्मेदवार सिफारिस गर्दा कुनै पनि शुल्क नलिन मातहतका समितिलाई निर्देशन गरेको छ।

पार्टी केन्द्रीय कार्यालयले सोमबार मातहतका कार्यसमितिलाई ‘सर्कुलर’ पठाएर पार्टीका तर्फबाट सिफारिस हुने उम्मेदवारबाट कुनै शुल्क नलिन निर्देशन दिएको जनाएको छ।

कतिपय पार्टी निकायबाट आगामी निर्वाचनका लागि उम्मेदवारको नाम सिफारिस गर्दा नगद रकम माग गरिएको भन्ने जानकारी प्राप्त हुन आएको भन्दै पार्टी कार्यालयले ध्यानाकर्षण भएको उल्लेख गरेको छ।

विभिन्न पदीय जिम्मेवारी र लाभको पदमा रहेका पार्टी सदस्यबाट विधान तथा नियमावली बमोजिम सम्बन्धित पार्टी निकायले लिनुपर्ने शुल्क तथा सहयोग रकमबाहेक उम्मेदवार सिफारिस गर्न कुनै पनि प्रकारको रकम माग गर्नु विधानविपरीत कार्य हुने विज्ञप्तिमा उल्लेख छ। तसर्थ कांग्रेसले त्यस्तो नगर्नुरनगराउनु हुन निर्देशानुसार अनुरोध गरेको छ। रासस

याे पनि : ​स्याङ्जामा कांग्रेसले लियो उम्मेदवार सिफारिसबापत शुल्क

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .